बौनिया, २४ माघ, । तेस्रो संस्करणको बाल बाटिका क्रिकेट लिग(बि.सि.एल सिजन–३) फागुन १७ गते बाट ३० गतेसम्म सञ्चालन हुने भएको छ ।
यश बर्ष राष्ट्रिय स्तरको प्रतियोगिता को रुपमा सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागी हुने बिधालय हरुले तीन जना १९ बर्ष मुनिका राष्ट्रिय खेलाडी हरुलाइ समेत आफ्नो बिधालयको टिममा सहभागी गराउन पाउनेछन् ।
प्रथम पुरस्कार १ लाख ५१ हजार १ सय ११ रहेको प्रतियोगिता को उप विजेता हुने टोलिले नगद ७५ हजार १ सय ११ पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडी प्लेयर अफ द टुरनामेन्टले नगद १६ हजार १ सय ११ पाउँदा उत्कृष्ट ब्याट्सम्यान , बलर र उदयमान खेलाडीले जनहि नगद १० हजार १ सय ११ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
प्रतियोगिताका लिग चरणका खेलका म्यान अफ द म्याचले नगद १ हजार पुरस्कार पाउँदा सो पुरस्कार बड्दै क्वाटरफाइनलमा नगद २ हजार सेमिफाइनलमा नगद ३ हजार र प्लेयर अफ द फाइनलले नगद ५ हजार पुरस्कार स्वरुप प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रमोद मल्लले जानकारी दिनु भएको छ ।
प्रतियोगिता को प्रथम पुरस्कार को प्रायोजकका रुपमा यश बर्ष कैलालीको मोतिपुरमा रहेको गुरुकुल इङ्लिस मेडियम स्कुल रहेको छ । प्रथम पुरस्कार प्रायोजन सम्बन्धि सम्झौता केही दिन अघि आयोजक र प्रायोजक बिच एक कार्यक्रम का बिच सम्पन्न भैसकेको छ ।
आयोजकले दियको जानकारी अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्चको हुने र त्यसको व्यवस्थापन का निम्ति आयोजक कमिटी लागि रहेको समेत आयोजकले जानकारी दियको छ ।
लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा देशैभरिका विभिन्न १६ बिधालय को सहभागिता रहने छ प्रतियोगिता कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मा रहेको मुडा बजार स्थित खेल मैदानमा सञ्चालन हुनेछ ।