काठमाण्डौ १७ माघ/नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समिरजंग शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गरेको हो ।
रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए। जाजरकोट निवासी पत्रकार शाह नेपाल प्रेस युनियनका पूर्व सभापति हुन्।यसअघि कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले पदबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो।
