• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जन्मदिनमा कांग्रेस नेता जोशीद्वारा राजी बालबालिकालाई न्यायो कपडा वितरण

चौमाला (कैलाली), १ माघ/नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का निवर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशीले आफ्नो जन्म दिनको अवसर पारेर अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरेका छन् ।

गौरीगंगा नगरपालिका–३, कुचैनीस्थित शिवगंगा नमुना आधारभूत विद्यालयमा अध्ययनरत ३९ जना बालबालिकालाई नेता जोशीले न्यायो कपडास्वरुप ऊनीका स्वीटर र ट्रयाकसुट वितरण गरेका हुन् । माघे संक्रान्तिकै दिन जन्म दिन परेको र सोही अवसरम शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुरे नेपालीको रोहवरमा राजी समुदायका उपस्थित ३९ जना बालबालिकालाई स्वीटर तथा ट्रयाकसुट वितरण गरिएको थियो ।

माघ महिना सुदूरपश्चिममा पवित्र महिनाका रुपमा लिइने र त्यसमा पनि माघे संक्रान्तिकै दिन आफ्नो जन्म दिन परेकोले माघ महिनामा दान गरेमा पुण्य मिल्ने विश्वासका साथ आफूले पनि अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरिएको नेता जोशीले बताए । उनले भने,‘हाम्रो धार्मिक मान्यताअनुरुप माघ महिनालाई धर्मात्मी महिना भनिन्छ र यो महिनामा दान गरेमा पुण्य मिल्ने विश्वासका साथ विपन्न परिवार त्यसमा पनि अल्पसंख्यक जातिका रुपमा रहेका राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरेको हुँ ।’

केही दिनदेखि लगातार शीतलहरका साथै चिसो बढ्न गई विपन्न परिवारका बालबालिकालाई समस्या परेकाले उनीहरुलाई न्यायो बनाउन आफ्नोतर्फबाट सहयोग गरेको उनले बताए । ‘मेरो सानो सहयोगले न्यायो कपडा नभएका बालबालिकालाई यो जाडोमा न्यायो हुन्छ भने किन सहयोग नगर्ने भनेर ऊनीका कपडा तथा ट्रयाकसुट वितरण गरेको हुँ,’ उनले भने । अति विपन्न त्यसमा पनि अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरेर उनीहरुलाई न्यायो पार्न सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुरे नेपालीले जोशीलाई धन्यबाद दिए । उनले भने,‘राजी समुदायका बालबालिकालाई न्यायो कपडा दिएर चिसो मौसममा राहत पुगेको छ ।’ उनले अति विपन्न तथा अल्पसंख्यक राजी समुदायका बालबालिकालाई वितरण गरिएको न्यायो कपडा कार्यक्रमलाई अन्य ठाउँमा पनि निरन्तरता दिन आग्रह गरे ।

शनिबार, माघ ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.