• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बोगटान बासीका दुःखका दिन अन्त्य भएः मुख्यमन्त्री भट्ट

डोटी, १२ असोज । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बोगटानबासीका दुःखका दिन अन्त्य भएको बताएका छन्। सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने हालै ट्र्याक जोडिएको सडकको अनुगमनका लागि डोटीको बडिकेदार गाउँपालिका पुगेका उनले वर्षौँपछि सडक जोडिएका कारण यहाँका नागरिकको दुःख अन्त्य भएको बताएका हुन्।

सडक अनुगमनका क्रममा आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री भट्टले सहजपुर–बोगटान सडक सुञ्चालन हुने भएकाले अब यहाँका नागरिकलाई घरैमा रोजगारी मिल्ने बताए।

उनले भने, “हाम्रो अथक प्रयासले वर्षौँपछि सडक जोडिएको छ, सडक पूर्ण हुने बोगटानवासीको सपना पनि पूरा भएको छ, अब यहाँका फलफूल तथा तरकारीले बजार पाउने छन्, नागरिकलाई घरैमा रोजगारी मिल्नेछ।” मुख्यमन्त्री भट्टले प्रदेश सरकार स्थापनापछि सुदूरपश्चिममा सानाठूला गरी थुप्रै विकास भएको दाबी गरे।

“सानोतिनो विकासका कामका लागि केन्द्र सरकारमा धाउनुपर्ने परम्परा अन्त हुनाका साथै प्रदेशमा लामो समयदेखि निर्माण नभएका योजना पनि सम्पन्न भएका छन्,” उनले भने, “प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा थुप्रै विकासका कामहरू गरेका छन्, जो क्रमिक रुपमा सम्पन्न हुँदैछन्।” सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने सडक जोडिएपछि अब यहाँका नागरिकको घरैमा गाडी चढ्न पाउने सपनासमेत पूरा भएको उनके भनाई थियो।

यसैगरी उनले हालै मात्रै जोडिएको उक्त सडक कालोपत्रका लागि प्रदेश सरकारले पहल गर्नेसमेत आश्वासन दिए। उक्त सडक शिलान्यास भएको कम्तीमा पनि ३५ वर्षपछि गएको आइतरबार अर्थात् असोज ३ गते जोडिएको हो।सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाखको लागतमा निर्माण भएको हो।

विसं २०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको निर्वाचनदेखि चर्चामा आएको बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकमा खुसियाली छाएको छ। उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरूपमा निर्माण गरी ट्र्याक जोडिएको हो। विसं २०४३ देखि सडक निर्माण कार्य सुरु भएको उक्त सडकको बल्ल ट्र्याक जोडिएको भन्दै यहाँका नागरिक खुसियाली मनाइरहेका स्थानीयवासी हिक्मत देउवाले बताए।

कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकलाई निकै राहत भएको छ।

उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआईसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन्। सडक सुविधा नभएका कारण ती क्षेत्रका किसानले उत्पादन गरेका वस्तु बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेका थिए।

सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने भन्दै किसान बढी खुसी भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए। जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार ९हल्दी० तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ। यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो।

मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.