• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नगर विकास समितिको जग्गा लिने कार्यकर्तालाई एमालेले कारवाही गर्ने

कञ्चनपुर, ८ असोज । नेकपा एमाले कञ्चनपुरले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रुपमा लिने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने बताएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा दोषी ठहरिएका नेता तथा कार्यकर्तालाई कारवाही गर्ने बताइको हो।

एमाले कञ्चनपुर इन्चार्ज निरू पालले नगर विकास समितिको जग्गा प्रकरणमा मुछिएका नेता तथा कार्यकर्तालाई कारवाही गरिने बताइन्। ‘जुनसुकै तहका भए पनि तिनलाई कारवाही हुन्छ‚’ बिहीवार आयोजित कार्यक्रममा उनले भनिन, ‘त्यसमा संलग्न भएको पुष्टि हुनु पर्छ।’

एमाले इन्चार्ज पालसहित जिल्ला अध्यक्ष बीरबहादुर थापा, सचिव सुरेन्द्र विष्टले नगर विकास समितिको जग्गा प्रकरणमा मुछिएका नेता कार्यकर्तालाई कारवाही हुने बताए। आयोगको केन्द्रीय टोलीले केही दिनदेखि नगर विकास समितिको जग्गा प्रकरणको छानबिन गरिरहेको छ।

जग्गा अवैध रुपमा लिनेमा सबैभन्दा बढी एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चालगायत दलका नेता कार्यकर्ता छन्। उनीहरुसँगै यी दल संवद्ध पत्रकारहरुले पनि रहेका छन्। नगर विकास समिति स्रोतका अनुसार जग्गा लिनेमा झण्डै २०० जना छन्।

उनीहरुले नगर विकास समितिको लिज र टिप्पणीबाट जग्गा लिएका हुन्। तीमध्ये टिप्पणीबाट ३६ जनाले जग्गाधनी पूर्जा बनाएर जग्गा लिएका छन्। उनीहरुमाथि जग्गा लिन नक्कली कागजात बनाएको शंका गरिएको छ। नगर विकास समितिबाट जग्गा लिएका केही व्यक्ति सर्वोच्च अदालतसम्म पुगेका छन्।

समितिले अवैध रुपमा दिएको लिज र जग्गाधनी पूर्जाविरुद्ध ६ वर्षअघि अख्तियारमा उजुरी परेको थियो। अहिले त्यहीं उजुरीका आधारमा छानबिन अघि बढेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका उप सचिव ओमप्रकाश बराल नेतृत्वको टोलीले छानबिन गरिरहेको छ।

आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले अख्तियार टोलीले जग्गा लिने व्यक्तिहरुको वयान लिने कार्य गरिरहेको बताए। टोलीले भीमदत्तनगर विकास समितिसँग छानबिनका लागि आवश्यक पर्ने कागज पत्र मागेको छ। मालापोत तथा नापी कार्यालयसँग सम्बन्धित कागजात पनि झिकाइएको छ।

२०३५ देखि हालसम्म विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्ति अध्यक्ष भएका छन्। तीमध्ये २०६१ पछि नगर विकास समितिको अध्यक्षको कार्यकालमा अवैध रुपमा जग्गा कारोबार गरिएको छ। अध्यक्षको ठाडो आदेशमा जग्गाको पूर्जा दिइएको छ। त्यसरी जग्गाधनी पूर्जा लिनेमा केही पत्रकार पनि छन।

शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.