पुनर्वास, २ असोज । मन्त्री पद ग्रहण गरेको पहिलो दिन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तामाङ सहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गरेका छन् ।
शुक्रबार साझ मात्रै सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री बनेर सपथ ग्रहण गरेका मन्त्री तामाङ शनिबार बिहानै सहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गर्न पुगेका हुन् ।
मन्त्री तामाङसंगै पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले पनि सहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गरेका थिए । माल्यार्पण पश्चात् मन्त्री तामाङले सहिदका बुवालाई पनि दोसल्लाले सम्मान गरेका हुन् ।
कंचनपुर क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद पदमा रहेका तामाङ नेकपा (एकीकृत समाजवादी) को तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन्।
