धनगढी, ३१ भदौ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको संसदीय दलको कार्यालय स्थापना गरिएको छ। नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) सुदूरपश्चिमले आज दलको कार्यालय स्थापना गर्दै उद्घाटन गरेको हो।
सो कार्यालयको दलका नेता दीर्घ सोडारीले उद्घाटन गरेका हुन्। सोडारीलाई मंगलबार मात्रै नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा चयन गरेको थियो । एमालेबाट बिभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेश सभामा १४ जना सांसद छन् ।
