• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुक्खा बन्दरगाह र गेटा मेडिकल कलेज समृद्ध सुदूरपश्चिमको आधार : एमाले नेता भट्ट

धनगढी, ३० भदौ । नेकपा एमालेका नेता तथा स्थायी कमिटी सदस्य लेखराज भट्टले सुक्खा बन्दरगाह र गेटा मेडिकल कलेज समृद्ध सुदूरपश्चिमको आधार रहेको बताएका छन् ।

बुधबार कैलाली उद्योग वाणिज्य सङ्घमा आयोजित सर्वपक्षीय छलफलमा नेता भट्टले विकासक्रममा पछि पारिएको सुदूरपश्चिम प्रदेशको समृद्धिमा यी दुई परियोजनाले निकै ठूलो भूमिका हुने बताए ।

‘राज्यले धेरै सुदूरपश्चिमलाई टाढाकै रूपमा सोचिरहेको थियो । हामीले ठूलो प्रयास पछि दुई सुक्खा बन्दरगाह र मेडिकल कलेज पाएका छौँ,’ उनले भने ‘यदि समयमै दुबै परियोजना सम्पन्न भए प्रदेश मात्रै होइन मुलुक नै समृद्धिको बाटोमा हिँड्छ ।’

अहिलेसम्म सुख्खा बन्दरगाहको गुरु योजना र सम्भाव्यता अध्ययन सम्पन्न भएर वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको छ ।

सुक्खा बन्दरगाह दुई चरणमा निर्माण गरिने जनाइएको छ । पहिलो चरणमा रेलबाहेक सात अर्ब र रेलसहित १३ अरब रकम लाग्ने प्रारम्भिक अनुमान छ ।

निर्माण कार्य सुरु भएको दुई वर्षमा भौतिक संरचना पूरा हुने गरि काम भइरहेको भट्टले बताए । अहिले भारत लगायत तेस्रो मुलुकबाट वीरगञ्ज, विराटनगर र भैरहवा हुँदै आयात तथा निर्यात भइरहेको छ ।

भारतको राजधानी दिल्ली र समुन्द्री तट गुजरातको मुन्द्रा पोट पनि नजिकै भएको हुँदा सुक्खा बन्दरगाहको निर्माण पनि प्रदेशलाई मात्र नभई देशलाई नै टेवा पुग्ने उनले बताए ।

विकास निमार्णको विषयमा सुदूरपश्चिमका नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिएकोसमेत उनको भनाई छ ।

‘प्रधानमन्त्री, म, हाम्रै पार्टीका उपाध्यक्ष भीम रावल मात्रै होइन राप्रपाका लोकेन्द्र बहादुर चन्दको पनि यहाँको विकासको सवालमा एक मत छौँ,’ उनले भने ‘त्यसैले त पछिल्लो समयमा प्रदेशमा पनि विकासले गति लिइरको छ ।’

उनले मेडिकल कलेजको प्रसङ्ग ल्याउँदै अब प्रदेशमा चिकित्सक अभाव कहिल्यै नहुने दाबी गरे ।

‘अब बिरामीले उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्य हुने छ ’ उनले भने, ‘हामी चाँडै यसलाई सञ्चालन गर्ने र प्रदेशवासीलाई सहज गर्नै भन्नेमा लागिरहेका छौँ ।’

सरकारमा हुँदा उनकै पहलमा निर्माण सुरु भएको मेडिकल कलेज सञ्चालनमा समेत भट्टले चासो देखाएका छन् । मंगलबार कञ्चनपुरमा सुक्खा बन्दरगाहका विषयमा र बुधबार धनगढीमा गेटा मेडिकल कलेजको विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले विकास गर्ने बिषयमा राजनीति मतभेद नराखेर अघि बढ्नु पर्ने बताएका थिए ।
उनीहरुले सुदूरपश्चिम प्रदेशका नागरिकहरू गुणस्तरीय उपचार नपाएर पिल्सिरहेको अवस्थामा मेडिकल कलेजको निर्माण पनि गुणस्तरीय स्वास्थ्य सँगै घरमै चिकित्सा शिक्षा पाउने बताएका थिए ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले अब प्राविधिक काम अन्तिम चरणमा रहेको बताए । उनले भने, ‘अब डिपिआर गर्ने ठेक्का लगाउने र निर्माण गर्ने काम छ ।’सुक्खा बन्दरगाह २ सय ८० बिघा क्षेत्रफलमा फैलिने बताए ।

यही कात्तिक १६ गतेबाट तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित आएको प्राविधिक टोलीले कञ्चनपुरको महाकाली नगरपालिकामा बन्ने सुक्खा बन्दरगाहसँगै अन्तर देशीय व्यापारिक केन्द्रको प्राविधिक मूल्याङ्कन पनि सुरु गरेको छ ।

सुक्खा बन्दरगाहसँगै अन्तर देशीय व्यापारिक केन्द्र बनेपछि यस क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । बन्दरगाह बनेसँगै लगानीको सम्भावनासमेत बढ्ने अपेक्षा छ ।

सुदूरपश्चिममा भट्टको पहलमा सुक्खा बन्दरगाह र मेडिकल कलेजसँगै कञ्चनपुरको दैजिक्षेला औद्योगिक क्षेत्र, अत्तरिया–धनगढी औद्योगिक कोरिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्रको प्रक्रिया सुरु भइसकेको छ । यी योजनाहरू निर्माण पछि प्रदेशमा रोजगारीको अवसर सृजना हुने र सस्तोमा भारतमा जान बाध्य भएका नागरिकहरूले यहि रोजगारी पाउने आशा पनि पलाएको छ ।

बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.