• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

को होला नेकपा एमाले सुदूरपश्चिमको संसदीय दलको नेता ?

धनगढी, २४ भदौ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा संसदीय दलका नेता रहेका माधव समूहलाई छोडेर एमालेमै फर्किएका छन् । यद्दपि एमालेभित्र उनको बिकल्प खोजिनु पर्ने बहस शुरु भएको छ । बिगतमा प्रदेश सभामा एमालेलाई कमजोर बनाउने र एमाले पक्षधरहरुको सांसद पद नै खारेज गर्ने स्तरसम्मका कार्य गरेका कारण एमालेकै सांसदहरु शाह प्रति असन्तुष्ट छन् ।

उनी एमालेभित्र माधव समूहमा थिए । उनले त्यतिबेला ओली पक्षधर सात जना सांसदको पद खारेज गर्न कोसिस समेत गरेका थिए । उनी त्यसमा सफल हुन सकेनन । यद्दपि सात जनालाई उनले केही समयका लागि निलम्बन भने गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेका बोहरासंगै र प्रदेश सभा सदस्य गेल्बु बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया बोहरा तामाङलाई समेत संसदीय दलको बैठकमा सहभागी नभएको आरोपमा निलम्बन गरे ।

बोहराले नेकपाको सुदूर पश्चिम प्रदेश कमिटिको बैठकमा आफूलाई मन्त्रीबाट पदमुक्त गर्नुको कारण पटक पटक सोधे । बैठकमा भीम रावल समेत उपस्थित थिए । बोहराको प्रश्नको जवाफ भने मुख्यमन्त्री भट्ट र संसदीय दलका नेता शाहले दिएनन् । बोहराले आफ्ना लागि कारबाहीको त्यो क्षण जिन्दगीकै सबैभन्दा पीडादायी भएको बताउने गरेका छन् ।

शाहलाई नेता भीम रावलको बलियो साथ थियो । शाहले रावलकै आडमा आफूले भने अनुसार नचल्ने एमाले सांसदहरुलाई एकपछि अर्को कारबाही गरे । त्यसको शिकार ओली पक्षधर सांसद मात्र भएनन । नेपाल पक्षधर सांसद पनि शिकार भए । शाहले नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङलाई प्रमुख सचेतकबाट हटाए ।

मन्त्री हुन गरेको अफर लत्याएपछि शाहले उनलाई पदमुक्त गरेका थिए । र लाल बहादुर खड्कालाई नियुक्त गरे । खड्का सामाजिक विकास मन्त्री भएपछि त्यो ठाँउमा दुर्गा कुमारी कामी विश्वकर्मालाई ल्याए। यसरी उनले आफ्नै खेमाभित्र पनि शक्तिको दुरुपयोग गर्दै कारबाहीको डण्डा चलाए ।

लामालाई उनले प्रमुख सचेतकबाट मात्र हटाएनन । लामालाई थाहै नदिएर शाहले २०७८ जेठ १५ गते परामर्श समितिको सदस्य पदबाट समेत हटाए । त्यसको केही दिनपछि बलदेव रेग्मीलाई परामर्श समितिको सदस्य पदबाट बर्खास्त गरे । र त्यहाँ बल बहादुर सोडारीलाई ल्याए । त्यसपछि पनि शाह चुप लागेर बसेनन् ।

शाहले ओली पक्षधर एमाले सांसद गेल्बु बोहरा, माया बोहरा तामाङ र नेपालु चौधरीलाई सात दिनका लागि संसदीय दलबाट निलम्बन गरे । लिलाधर भट््ट र बलदेव रेग्मीलाई १० दिनका लागि निलम्बन गरे । पठान सिंह बोहरा र रतन रेग्मीसंग सबैभन्दा क्रुद्ध शाहले उनीहरु दुई जनालाई भने १५ दिनका लागि निलम्बन गरे ।

शाहले उनीहरुलाई सांसद पदबाट समेत हटाउन सिफारिस गरेका थिए । त्यसका लागि सभामुखलाई समेत उनले पत्राचार गरेका थिए । र उनीहरुलाई संसदमा समेत बोल्नबाट बञ्चित गरियो । उनीहरुलाई प्रदेश सरकारले बजेट ल्याउनु अघि नै निलम्बन गरिएको थियो ।

उनीहरु सबै बजेटको बिरोधमा थिए । शाहले उनीहरुलाई प्रदेश सभाको बैठकमा समेत सहभागी हुन रोक लगाउन खोजेका थिए । यद्दपि उनीहरु प्रदेश सभामा सहभागी भए । र सभामुखसंग विशेष समय मागेर ओली पक्षधर सांसदका तर्फबाट लिलाधर भट्टले सरकारको काम र बजेटको चर्को आलोचना गरे । काँग्रेस तटस्थ बस्यो । उनीहरुको बिरोधका बाबजुद पनि बजेट पास भयो ।

शाहले यो अबधिमा उनीहरुलाई कुनै बिधेयकका पनि पक्ष वा विपक्षमा बोल्न दिएनन् । शाहले हाम्रो सांसद पद नै खान खोजेका थिए, पठान सिंह बोहरा सम्झिन्छन्, तर हामीलाई सांसद पदबाट मुक्त गर्ने उनको प्रयास सफल भएन । “तपाई उल्टो काम गर्दै हुनुहुन्छ ।

तपाई मुख्यमन्त्रीको दावेदार हो । हामी तपाईलाई समर्थन गर्न तयार छौ । यस्तो बलमिच्याई नगर्नुहोस भनेर शाहलाई हामीले पटक पटक सम्झायौ । आग्रह ग¥यौ,” बोहराले पश्चिम टुडेसंगको कुराकानीमा भने, “तर उहाँले हामीलाई सबै पद र जिम्मेवारीबाट मुक्त गर्ने कोसिस जारी राख्नु भयो ।”

नेकपा एमाले बिभाजनपछि भने शाह माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा गएनन । उनले मुल पार्टी रोज्दै हिजो ९मंगलवार० २२ जेठमा आर्थिक मामिला तथा योजना मन्त्री पदबाट समेत राजिनामा दिए ।

माधव नेपालको पक्षमा रहदा ओली पक्षधर प्रति अत्यन्तै असहिष्णु र अपमानजनक व्यवहार गरेका शाह यतिबेला भने तिनै सांसदको कित्तामा उभिएका छन्, जो शाहबाट हिजो प्रताडित भए । जसलाई शाहले मन्त्रीदेखि सबै पद र जिम्मेवारीबाट बर्खास्त गरे ।

शाहका समर्थक जति समाजवादी पार्टीमा लागे । उनले भीम रावलको साथ छोडेनन । उनी रावललाई साथ दिदै एमालेमा फर्के । तर एमालेमा फर्किदा उनीसंग भने उनका समर्थक साथमा छैनन । शाह एमालेमा फर्किदा पनि एमालेका अधिकांश सांसदसंग उनको सम्बाद र बोलचाल नै छैन । शाहको आफ्नै जिल्ला बाजुराका सांसद बलदेव रेग्मीसंग बोलचाल नै छैन ।

आफूलाई निलम्बन गरेको निर्णयमा आपत्ती जनाउदै रेग्मीले शाहलाई तानाशाही नबन्न चेतावनी दिदै नेकपा संसदीय दलको बैठकमा भनेका थिए, यो निर्णय सच्याउनु भएन भने तपाईको संसदीय दलको नेताका रुपमा यो अन्तिम बैठक हुने हेक्का राख्नुहोस ।

शाह आन्तरिक मामिला मन्त्री र आर्थिक मामिला मन्त्री रहदासम्म रेग्मीले मन्त्रालय टेकेनन् । न त उनले कुनै योजना नै मागे । अन्ततः आफैले कारबाही गरेका बोहरा र रेग्मीहरुको खेमामा पुग्दा शाहको संसदीय दलको नेताको पद मात्र बाँकी छ ।

अव उनको त्यो पद पनि रहने वा नरहने बोहरा र रेग्मीहरुको हातमा छ । किनकी पठानसिंह बोहराको साथमा पहिले देखि नै सात जना सांसद थिए । सातै जनालाई शाहले कारबाही गरेका थिए । जसमध्ये माया बोहरा तामाङले अन्तिम समयमा समाजवादी पार्टी रोजिन ।

शाह भने तीन जना सांसद सहित एमालेमै फर्किएका छन् । यो अबधिमा माधव नेपाल खेमाबाट एमालेमा फर्किएका कृष्णराज सुवेदी पनि शाहका पक्षमा छैनन । मन्त्रीबाट हटाएका कारण सुवेदी शाहसंग असन्तुष्ट छन् ।

१० जना सांसदमा सिमित रहेको एमालेमा शाहको पक्षमा तीन र विपक्षमा सात जना छन् । ओली पक्षधरहरुले पठान सिंह बोहरालाई आफ्नो संसदीय दलको नेता मान्छन् । यदि बोहरा पक्षधरहरुले संसदीय दलको नेता फेरवदल गर्न चाहे वा त्यसका लागि निर्बाचनमा गए शाहको संसदीय दलको नेताको पद समेत रहने छैन ।

तर पठान सिंह बोहरा भने आफूहरुमा शाहको बिगतको व्यवहारलाई लिएर प्रतिशोध नभएको बताँउछन् । हिजो शाहद्धारा गरिएका ती अपरिपक्व र असंगत व्यवहार गलत थिए । उनी भन्छन्, उनी एमालेमै फर्किएकोमा हामी सबै कुरा बिर्सिएर उहाँलाई स्वागत गर्छौ । अहिलेसम्म संसदीय दलको नेता शाह हुन्, बोहराले भने, भोलि के हुन्छ, थाह छैन रु यस विषयमा हामीले छलफल चलाएका छैनौ । अहिले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेमै हाम्रो ध्यान छ ।

“आफूहरुसंग असन्तुष्ट सांसदहरुलाई कसरी मिलाएर लैजानु हुन्छ, उहाँलाई साथ दिने वा नदिने त्यो उहाँको व्यवहारमा निर्भर छ,” शाहलाई लक्षित गर्दै एक सांसदले भने, “हिजो हामी सबै उहाँबाट पीडित र प्रताडित भयौ । फेरि पनि हाम्रो उहाँप्रति कुनै आग्रह पूर्वाग्रह छैन ।”

बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.