• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

धनगढी, २३ भदौ । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ ।

प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद पुगेका छन्, जुन प्रदेश सरकारको बहुमत हो ।

गत २५ जेठमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए भने नेपाली कांग्रेस तटस्थ बसेको थियो ।

केन्द्र र कतिपय प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको गठबन्धन रहे पनि सुदूरपश्चिममा भने के हुन्छ टुंगो लागेको छैन ।

५२ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको १२, नेकपा एमालेको ११, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको १र१ जना सांसद छन् ।

योसँगै सत्तारुढ गठबन्धनमा ४० सांसद पुगेका छन् । सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत पुगे पनि सरकारको संरचना हेरफेर हुने वा नहुनेबारे छलफल भएको छैन ।

सरकारमा सहभागी भएका तर दल विभाजन हुँदा नेकपा एमाले नछोडेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिइसकेका छन् । अब मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेससहितको सरकार बन्ने वा माओवादी र एकीकृत समाजवादीको मात्र कायम रहने भन्ने टुंगिएको छैन ।

तर प्रदेशका एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदहरु भने सरकारमा अरु दल सहभागी नहुने बताउँछन् । आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी नेतृ पूणर जोशीले एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुुक्त सरकारले निरन्तरता पाउने बताइन् ।

‘नेकपा एमाले आधिकारिक रुपमा प्रदेश सरकारबाट फिर्ता आएको घोषणा गर्छ होला,’ जोशीले भनिन्, ‘नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुुक्त सरकार बन्छ । दुुई पार्टीको बहुुमत भइसकेपछि कांग्रेस सरकारमा जानुुपरेन र र जादैन पनि ।’ तर काँग्रेससँगको गठबन्धन भने यथावत रहने उनी बताउँछिन् ।

नेकपा माओवादी केन्द्रका सचेतक अक्कल रावल एकीकृत समाजवादी पार्टीको समर्थनमा प्रदेश सरकारको नेतृत्व मुुख्यमन्त्री त्रिलोचन भट्टले नै गर्ने बताउँछन् । ‘इच्छा प्रकट गरेको खण्डमा कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुुपर्ने हुन्छ, तर सरकारको नेतृत्व माओवादीले नै गर्छ,’ रावलले अनलाइनखबरसँग भने ।

सरकारको नेतृत्व फेरबदल हुने अवस्थामा एकीकृत समाजवादीको सम्भावना रहेको रावल बताउँछन् ।

मुुख्यमन्त्रीको आकांक्षी रहेका कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल गठबन्धनको केन्द्रीय नेतृत्वले गर्ने निर्णयका आधारमा अघि बढ्ने बताए । ‘सातवटै प्रदेशमा गठनबन्धनको केन्द्रीय नेतृत्वले जे निर्णय गर्छ त्यही अनुुसार अगाडि बढ्ने हो’ उनले भने ।

बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.