धनगढी,२२ भदौ । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका छन ।
दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले आज मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन ।
“मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले पार्टी रोज्दै राजीनामा दिएको हुँ,” मन्त्री शाहले भने ।
विगतमा शाह र गहतराज दुबै माधव नेपालको समूहमा थिए। तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीमा नगई नेकपामा रहने बताएका हुन् ।
