• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका आठमध्ये सात समानुपातिक सांसद एकीकृत समाजवादीमा

धनगढी, २२ भदौ । सुदूरपश्चिम प्रदेशमा एमालेबाट निर्वाचित सात समानुपातिक सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सुदूरपश्चिम प्रदेशमा सभामुखसहित एमालेका २५ सांसद थिए । तीमध्ये ८ जना समानुपातिक सांसद हुन् ।

पहिलो चरणमा मंगलबार १० जना सांसदले नेकपा एसको पक्षमा सनाखत गरेका थिए । तीमध्ये आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउद, प्रमुख सचेतक दुर्गा विक, सांसद सुशीला बुढाथोकीले सनाखत गरेका थिए ।

सोमबार थप एक समानुपातिक सांसद माया तामाङ बोहराले पनि नेकपा एसको पक्षमा सनाखत गरेकी हुन् । मंगलबार सनाखत गरेका ६ जना यसअघि पनि माधव नेपाल पक्षमै थिए । तर, सोमबार सनाखत गरेकी तामाङ भने यसअघि ओली पक्षमा थिइन् ।

उनले मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा पनि विपक्षमा मतदान गरेकी थिइन् । अहिलेसम्म एमालेबाट निर्वाचित समानुपातिक सांसद अर्चना गहतराज मात्रै एमालेमा छिन् । उनी आर्थिक मामिला तथा योजना राज्य मन्त्री हुन् । उनले यसअघि नै एमाले छोड्न नसक्ने बताएकी छन् ।

एमालेमा १७ जना प्रत्यक्ष निर्वाचित सांसद हुन् । तीमध्ये भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व उद्योग वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावल, पूर्वप्रमुख सचेतक तारा लामा तामाङ, सांसद कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारीले नेकपा एसमा सनाखत गरिसकेका छन् ।

सोमबारसम्म नेकपा एसमा समानुपातिक ७ सहित १४ सांसदले सनाखत गरेका छन् । १४ सांसदले सनाखत गरेसँगै नेकपा एस प्रदेशको सबै भन्दा ठूलो दल बनेको छ । यहाँ माओवादीका १३, कांग्रेसका १२, एमालेका ११ र जनता समाजवादी पार्टीमा २ सांसद छन् ।

मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.