• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विभाजनको असर : सुदूरपश्चिममा पहिलोबाट चौथो दल बन्यो एमाले

धनगढी, २२ भदौ । सुदूरपश्चिम प्रदेश सभामा एमालेका थप तीनजना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र पूर्वमन्त्री प्रकाश रावलले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

सोडारी एमाले कैलाली र तामाङ एमाले कञ्चनपुरका अध्यक्ष हुन् । दुवैजना पार्टी विभाजनपछि समाजवादीमा लागेका थिए । यसअघि आफू एमालेमै रहने बताएका पूर्वमन्त्री रावल पनि समाजवादीमा लागेका छन् । योसँगै प्रदेशमा समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ । १० जना सांसदले गत बुधबार नै समाजवादीको पक्षमा सनाखत गरिसकेका थिए ।

प्रदेश सभामा एमालेभन्दा समाजवादी ठूलो दल बनेको छ । एमालेका सभामुखबाहेक २४ मध्ये १३ जनाले समाजवादी रोजेपछि एमाले ११ जनामा खुम्चिएको छ । एमाले विभाजनअघि माधव नेपाल समूहमा १७ जना थिए । नेपालनिकट आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह, राज्यमन्त्री अर्चना गहतराज, सांसद हर्कबहादुर कुँवर र कृष्णराज सुवेदीले आफू एमालेमै रहने बताउँदै आएका छन् ।

प्रदेश सभामा नेपाल समूहमा पनि भीम रावलको बलियो पकड थियो । तर, रावलले नेपालको साथ छाडेपछि प्रदेश सभामा उनको पकड कमजोर भएको छ । १७ मध्ये चारजनाले मात्र रावललाई साथ दिएका छन् । एमाले रोजेका कुँवर रावलका भिनाजु नाता पर्छन् । एमालेमा ओलीनिकट सातजना मात्र थिए ।

हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादीका दुई सांसद छन् । एकजना थपिए समाजवादी ठूलो दल बन्नेछ । मन्त्री सोडारीले समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बन्ने दाबी गरे । ‘दल रोज्ने समय अझै दुई दिन बाँकी छ । एक–दुईजना साथीहरूसँग छलफल भइरहेको छ । हामी कम्तीमा १४ जना पुर्‍याउँछौँ,’ उनले भने, ‘एकीकृत समाजवादी प्रदेशमा सबैभन्दा ठूलो दल बन्छ ।’

सरकारको बहुमत गुम्न नदिने उनले दाबी गरे । प्रदेश सरकारको बहुमत कायम राख्ने गरी कम्तीमा थप एकजना सांसद समाजवादीमा खुल्ने सोडारीको दाबी छ । ५२ सदस्यीय प्रदेश सभामा प्रदेश सरकार बहुमतमा रहिरहन २७ सांसद आवश्यक पर्छ ।

सरकारमा माओवादी केन्द्र र समाजवादीको गठबन्धन कायम राख्ने गरी संख्या पुग्ने एमाले संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहेका तामाङले दाबी गरे । प्रदेश सरकारमा एमालेबाट चार मन्त्री र तीन राज्यमन्त्री थिए । एमाले रोजेका मन्त्रीलाई दल रोज्ने समयसीमा २२ भदौपछि हटाइने बताइएको छ ।

सोमबार, भदौ २१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.