• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

समानान्तर कमिटी गर्ने राष्ट्रिय जनमोर्चाका सबै नेताहरु निष्कासित

धनगढी, १८ भदौ । राष्ट्रिय जनमोर्चाले समानान्तर कमिटि गठन गर्ने बिभिन्न तहका नेतालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । धनगढीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुदूर पश्चिममा समानान्तर समिति गठन गर्दै त्यसको नेतृत्व गर्ने केन्द्रीय सदस्य लाल बहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षद लक्षीराम आचार्य, गोविन्द बिक, र केशवनाथ योगीलाई सम्पूर्ण पद र जिम्मेवारीबाट मुक्त गरिएको बताए ।

उनले केन्द्रीय समितिको बिहीवार बसेको बैठकले समानान्तर समिति गठन गर्नेहरुलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै अनिश्चितकालका लागि पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने निर्णय गरिएको जानकारी दिए ।राष्ट्रिय जनमोर्चाका महासचिव भट्टले भारतीय पक्षको उक्साहटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको गणतन्त्र, धर्म निरपेक्षतालाई समाप्त पार्न खोजेको र पटक पटक संसद बिघटन गरेकोले जनमोर्चा त्यसका बिरुद्ध पाँच दलीय गठबन्धनमा सहभागी भएको बताए ।

केपी ओलीको नेतृत्वमा संसद बिघटन गरी मुलुकलाई अस्थिर बनाउने र राजतन्त्रलाई फर्काउने प्रयत्न भएकोले राष्ट्रिय जनमोर्चा त्यसको विपक्षमा गठन भएको पाँच दलीय गठबन्धनमा सहभागी भएको नेता भट्टको भनाई थियो ।

पाँच दलीय गठबन्धन दलमा सहभागी नहुनुको सोझो अर्थ भारतीय ईशारामा चलिरहेका केपी ओलीलाई समर्थन गर्नुहुन्छ, उनले भने, हामी त्यही कारण केपी ओलीको विपक्ष र पाँच दलीय गठबन्धनको पक्षमा उभिएका हौ । यही कुरा सह्य नभएर पार्टी भित्रका फुटपरस्त नेताहरुले समानान्तर गठन गर्ने हर्कत गरे । त्यसैले त्यस्ता व्यक्तिहरुलाई हामीले सबै जिम्मेवारीबाट मुक्त गरेका हौ ।

उनले नेपाली काँग्रेससंग थुप्रै मुद्दामा असहमती भएपनि गणतन्त्र, धर्मनिरपेक्षता, देशमा शान्ति र स्थिरता कायम गर्न सहकार्य गरिएको स्पष्ट पारे । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष नन्दराज भट्टले पार्टी बिभाजन गर्ने, समानान्तर कमिटि गठन गर्दै फुटपरस्त गतिबिधि गर्नेहरुको भ्रममा नपर्न आग्रह गरे ।

No description available.

शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.