धनगढी, २८ साउन/नेपाली काँग्रेस कैलालीका नेता केशवराज मिश्रले काँग्रेसको जिल्ला सचिवमा आफ्नो दाबी रहको बताएका छन् ।
नेपाली काँग्रेस कैलालीले धनगढी उपमहानगरपालिकाका बिभिन्न वडा कार्यकर्ता भेला भैरहेका बेला मिश्रले आफ्नै वडा नम्बर ५ को कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
नेता मिश्रले नेपाली काँग्रेस कैलालीको पार्टी सचिवका लागी आफ्नो पुरानो उम्मेद्धरीलाई निरन्तरता दिने बताएका हुन । आफ्नै वडाको कार्यकर्ता भेलामा सम्बोधनमा आफुलाई पार्टी सचिव घोषणा गर्नलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
तपाईको वडाको काँग्रेस कार्यकर्ता जिल्ला सभापतिको उमेद्बारमा खडा भएको छ सबैले साथ दिनुस् उनले भने । ‘मैले पार्टी संगठनका लागि लगेको छु’ उनले भने–‘विगतमा पार्टीभित्र गुट उप¬–गुट मिलाउन मैले उम्मेद्धरी फिर्ता लिनु पर्यो यस पटक बासी उम्मेद्धरी दिने छु ।’
विद्यालयदेखी नै नेपाल विद्यार्थी संघमा राजनिति गर्दै आएका नेता मिश्र २०६९ सालमा नेविसंघका केन्द्रीय सदस्यमा मनोनित भएका थिए । यस्तै नेपाली काँग्रेसको १२ औं महाअधिवेशनमा नगर सभापति जितेका थिए ।
१३ औं महाअधिवेशनमा मिश्र जिल्ला सभापति नरनारायण शाह ‘मनु’ को टिमबाट जिल्ला सचिवका उम्मेद्धारी दिएका थिए । तत्कालिन सासंद पुष्करनाथ ओझाको गुट मिलाउन उनले उम्मेद्धारी छाड्नु परेको थियो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रभावशाली नेतृ डा. आरजु राणा देउवाको बिश्वासीलो पात्रका रुपमा रहेका नेता मिश्रले १४ औं महाअधिवेशनमा सचिवको उम्मेद्धारी दाबि गरेका हुन् ।
कैलाली क्षेत्र नम्बर ५ नेपाली काँग्रसकी प्रभावशाली महिला नेतृ डा. आरजु राणा देउवाको निर्वाचन क्षेत्र भएकोले पनि कैलालीमा कसलाई सभापति बनाउने भन्ने बिषयमा राणाको महत्वपुर्ण भुमिका देखिन्छ ।
