• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘भीमदत्तका मेयर विष्टले शिक्षक दरबन्दी मिलानमा राजनिति गरे’

महेन्द्रनगर, १० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले नियम विपरित एवम् विद्यालयको हित विपरित आफ्ना मान्छे छानीछानी शिक्षक दरबन्दी मिलान गरेको नेपाल शिक्षक संघ भीमदत्त नगर कार्यसमितिकले जनाएको छ ।

गत महिना ३१ गते नगर शिक्षा समितिले गरेको शिक्षक दरबन्दी मिलान विधि र नियम विपरित गरिएको नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिंह धामीले बताए । ‘भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ विपरित गरेको छ ।’

सचिव धामीले भने ‘दरबन्दी मिलान कार्यविधि अनुसार हुनु पर्दछ तर यहाँ मेयर विष्ट र नगर शिक्षा समितिका अन्य सदस्यले विधि र नियम विपरित आफ्ना मान्छे छानीछानी दरबन्दी मिलान गरेका छन् ।’ उनका अनुसार कुनै विद्यालयमा दरबन्दी काट्नु पर्ने ठाउँमा नकाटेको र कुनै विद्यालयमा नकाट्नु पर्ने ठाउँमा काटेर आफ्ना मान्छेको व्यवस्थापन गरिएको छ ।

‘यहाँ कुनै विद्यालयमा दरबन्दी नकाट्नु पर्ने ठाउँमा नियम विपरित काटेका छन् र काट्नु पर्ने ठाउँमा काटेका छैनन् ।’ सचिव धामीले भने ‘मेयर विष्टले आफ्ना मान्छेलाई छानीछानी दरबन्दी मिलान गरेर विद्यालयको हित विपरित काम गरेका छन् ।’ उनले अगाडी थपे ‘मेयरले शिक्षक दरबन्दी मिलान नियम विपरित मनपरी तरिकाले गरेर दरबन्दी मिलानको नाममा राजनिति गरिरहेका छन् ।’

नगरपालिकाले दरबन्दी नियमाअनुसार गरेको भए आफुहरुले ३१ गतेको निर्णय सार्वजनिक गर्न निवेदन दिदाँ पनि सार्जजनिक नगरिएको उनले बताए । ‘यदि नगरपालिकाले दरबन्दी मिलान नियमानुसार गरेका छन् भने किन ३१ गतेको निर्णय सार्वजनिक गर्न निवेदन दिदाँ पनि सार्वजनिक गरिएन ?’ सचिव धामीले भने ‘हामीले हाम्रो मान्छे बचाइदिनु पर्यो भनेका छैनौँ, हामीले त नियम अनुसार दरबन्दी मिलान हुनु पर्यो र नियम अनुसार भए त्यो सार्वजनिक गरिनु पर्यो भनेका छौ ।’

आठ दिन देखी शिक्षा शाखामा तालाबन्दी
नेपाल शिक्षक संघ कञ्चनपुरले शिक्षक दरबन्दी मिलान नियम विपरित गरिएको भन्दै भीमदत्त नगरापालिका शिक्षा शाखामा साउन ३ गते देखी तालबन्दी गरि धर्नानामा बसेका छन् । मेयर विष्टको नेतृत्वमा शिक्षक दरबन्दी मिलान नियम विपरित गरिएकोले नेपाल शिक्षक संघले शिक्षा शाखामा ताला लगाएको सचिव धामीले बताए ।

‘दरबन्दी मिलान मनपरि ढङगले गरिएकोले साउन ३ गते देखी हामीले शिक्षा शाखामा ताला लगाएका हौ ।’ धामीले भने ‘ कार्यालयमा ताला लगाइएको छ । तर यहाँका कर्मचारीहरु घर र झोलाबाट काम गरिरहेका छन् ।’

उनले अगाडी थपे ‘हाम्रो माग सम्बोधन गर्नुका साटो झोलाबाट आफ्ना मान्छेलाई दरबन्दी मिलान पत्र पठाइरहेका छन् ।’ यता सो विषयमा शिक्षा शाखा प्रमुख हरिदत्त जोशी संग कुरा बुझन खोज्दा फोन सम्पर्क हुन सकेन ।

आइतबार, साउन १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.