धनगढी: कैलालीमा २१ गतेदेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ । २० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले २१ गतेदेखि केही खुकुलो बनाउने तयारी गरेको हो ।
‘अहिले नै मोडालिटी तयार भएको छैन्’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘निषेधाज्ञाको प्रारुप परिवर्तन गर्ने तयारी भइरहेको छ ।’
उनका अनुसार प्रशासनले निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ घण्टा नै चलाउने अनुमती दिइसकेको छ ।
