धनगढी, १९ फागुन/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी राष्ट्रहितका लागि जुनसुकै जिम्मेवारी लिन पनि तयार भएको बताएका छन् ।
बुधबार चितवनको रत्ननगरमा पूर्वसांसद एकनाथ राना भाटको १० औं दिनको पूण्यतिथीमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेस पद ओगट्नकै लागि सत्तामा नजाने उल्लेख गर्दै राष्ट्रहितका लागि जुनसुकै जिम्मेवारी लिन पनि तयार भएको बताएका हुन् ।
उनले भने, “कांग्रेसलाई पदको लोभ छैन । काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।”
सभापति देउवाले नेकपाका दुबै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव ल्याएको उल्लेख गर्दै मुलुकलाई निकास दिनका लागि अग्रसरता लिने बताएका छन् ।
