धनगढी, फाल्गुन १६/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले नेपाल कम्युनिस्ट पार्टीको विवाद नसुल्झिए सम्म काँग्रेसको कुनै भूमिका नरहने बताएका छन् ।
नेपाल प्रेस युनियन कैलाली शाखाले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अस्थिरताको बाटोबाट मुलुकलाई बाहिर निकाल्न भए पनि एक वर्ष भित्रै निर्वाचन गर्न आवश्यक रहेको बताएका छन् । ‘जुन शक्ति निर्वाचनमा सँगसगै जान तयार हुन्छ प्रजातन्त्रलाई सुद्धिन बनाउन नीति र कार्यक्रम लिएर अगाडी आउँछ त्यसै सँगै काँग्रेसको सहकार्य हुने उनको भनाइ छ ।
निर्वाचन आयोगले समयमाआफनो दायीवत पुरा गर्न सकेन भने अदालतको निर्णय कार्यान्वयन गर्न कुरा चुनौती पूर्ण हुन्छ,उनले भने,‘अदालतको निर्णय कार्यान्वयन हुन सक्दैनन् ।’एउटै पार्टीले अविश्वासको प्रस्ताव र सरकार पनि त्यही पार्टीको रहने स्थिति लामो समय सम्म रहन गयो भन्ने यसले ससदलाई नयाँ गति दिन्छ।
उनले थपे,‘ संसदीय बेबस्ता समेत नेपाल कम्युनिस्ट पार्टीका कारण गभीर सटकमा धकलीने खतरा छ र संविधान जोखिममा पर्न खतरा छ ।’
काँग्रेसलाई पटक–पटक दुवै नेकपाका पक्षहरूले पार्टीका सभापतिलाई भावी प्रधानमन्त्री तपाइ हो भन्ने र भन्दा पनि सरकारमा जानु त्यही महत्त्व नदिएको उनले बताए ।
