धनगढी, ९ फागुन/बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले सर्वाेच्च अदालतले संसद विघटनकै पक्षमा फैसला गर्ने दाबी गरेका छन् । सरकार निर्वाचनको तयारी तिब्र रुपमा गरिरहेकोले अदालतले पनि सरकारकै पक्षमा गर्ने बतावरण देखिएको उनले बताए ।
प्रेस संगठन नेपालले कैलालीमा गरेको पत्रकार सम्मेलन बोल्दै नेता भट्टले अब सर्बोच्चो अदालतले दुईचार दिनभित्रै फैसला सुनाउने समेत दाबी गरे । सडममा उत्रेको समुहले सर्बोच्चाले संसद बिघटनको बिपक्षमा निर्णय गरेमा जनअदालत जाने भन्ने जस्ता अभिव्यक्ती प्रति हास्यसपद भएको समेत उनको आरोप छ ।
यस्ता अभिव्यक्तीले स्वतन्त्र न्यापालिकाका बिरुद्ध बालेको नेता भट्टको आरोप छ । केपी सरकारले संसद बिघटन गरेर नयाँ जनाधार ल्याउनको लागि नै जनता माझ जाने भएको यसबाट कोही नडराउन समेत आग्रह गरे । पार्टी भित्रबाटै प्रतिपक्षी जन्मेपछी अब नयाँ जनआधारमा जानुपर्छ भनेर नै केपी ओलीले संसद बिघटनको बिकल्प नरहेको समेत उनको दाबी छ ।
अर्को प्रशंगमा नेकपाका नेता समेत रहेका भट्टले निर्वाचन आयोगले सबै तयारी थालीसकेकोले निर्वाचन हुनेमा ढुक्क रहन समेत जनतालाई आग्रह गरे । सबै तिर निर्वाचनले तातेको देश अब निर्वाचनमा जाने समेत उहाले आश्वासन दिए ।
सुदूरपश्चिम प्रदेश सरकारको काम प्रति लक्षित गर्दै उनले प्रदेश सरकार सुतेको आरोप लगाए । प्रदेश सरकार कुनै मर्याद पालना र जनताको काम गर्नको साटो हराएको बताए । यहाको पार्टी र सरकारको नेतृत्व असफल भैसकेको समेत बताए ।
बिप्लव समुहले बर्ताको लागि सकारात्म भएकोले सरकारले बर्ताको लागि पुर्णरुपमा तयार रहेको समेत जानकारी दिए । यसमा सरकार र बिप्लव समुह बिच छलफल भएपछि कसरी जाने भन्ने कुरा आउने समेत उनको कथन छ ।
