• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काँग्रेस नेतृ डिला संग्रौलाको प्रश्न ‘मासुभात खुवाएर राजधानीमा जनता उतार्ने सरकार कोरोना कहरमा कता हराएको थियो’

"देशमा शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ "

धनगढी, १ फागुन- नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले अहिले राजधानीमा मासुभात खुवाएर उतार्न सक्ने सरकार कोरोना कहरमा कता हराएको आरोप लगाएकी छिन् । कोरोना कहरामा नेपाली स्वदेश फर्कन समस्या भएकोले सिमानमा अलपत्र रहेका बेला सरकार र नेकपाका नेता सत्ता र कर्सीको झगडामा बेस्त रहेको आरोप लगाईन् ।

जनताले नेकपाले केही गर्न सक्छकी भनेर दुई तिहाई नजिकको बहुमत दिएर सरकारमा पठायो तर, के दियो जनतालाई घोका नेतृ संग्रौलाको प्रश्न थियो । शनिबार नेपाल प्रेस युनियन कैलाली शाखाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले अब जनता नेकपा पार्टीबाट नै तर्सिएको दाबी गरिन् । जनताको पक्षमा रहेको पार्टी नेकपा र केपी सरकारको बिरुद्ध केपी सरकारका बिरुद्धामा तेस्रो चरणको आन्दोलन फागुन ३ गते सुरु भएको उनले बताईन् ।

बैतडी भागरथी भट्ट घटना प्रशंगमा बोल्दै नेता संग्रौलाले देशमा महिलाहरुले खुलेर हिड्न सक्ने बताबरणनै नभएको बताईन् । आवोध वालिका भट्टको बलात्कार पछि हत्याको घटना अहिले सम्म पनि पत्ता नलाउनु सरकार शान्ति सुरक्षा दिन असफल भैसकेको बताईन् । बलात्कारपछि हत्यामा संलग्नलाई चडै पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

महिला कतै सुरक्षित नभएको भन्दै अब चेलिबेटी घरबाट निश्कन पनि डराउनुपर्ने अबस्था आयो आएको भन्दै नेता संग्रौलाले नेपालमा महिलालाई स्वतन्त्र भएर समाजमा हिड्न नसक्ने बातावरण भएको बताईन् । ‘देशमा हत्याहिंसा र बलात्कारका घटना बढिरहेको छ निर्मला पन्तको घटना पनि ओझेलमै छ’ उनले भनिन्–‘ भागरथी घटनाको दोषीलाई कठघरामा नउभ्यादा सम्म महिलाहरु सडक संघर्ष जारी रहन्छ ।’

हत्यामा संलग्नलाई कडा कारबाहीका लागि प्रधानमन्त्रीबाट तुरुन्त निर्देशन जारी गर्न पनि उनले माग गरेकी छन् । हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्ने हो भने गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्ने उनको भनाई छ । घटना भएको धेरै दिन बितिसक्दा पनि सरकारले दोषीलाई कानुनीमा दायरामा ल्याउन नसक्दा सरकारले नै दोषीलाई संरक्षण गरिरहेको त छैन भनेर आशंका पैदा भएको उनको भनाइ छ ।

नेतृ संग्रौलाले सुदूरपश्चिम सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्नुपर्ने पनि बताएकी छन् । अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भागरथी भट्टको परिवारलाई न्याय दिलाउन उनले सरकार लगायत सम्बद्घ सबै पक्षमा अनुरोध गरेकी छन् ।

शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.