• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जग्गाको लालपुर्जा पाइने आशामा कैलालीका स्थानियहरु

धनगढी, माघ २४/ तीन दशकदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरी पुर्जा उपलब्ध हुने भन्दै खुशी छन् । उनले आफूले चर्चेको जग्गा दर्ताका लागि यसअघि पटकपटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए ।

अहिलेसम्म धनीपुर्जा बन्न सकेको छैन । पछिल्लो पटक भूमिसम्बन्धी समस्या समाधान आयोग र नगरपालिका कार्यालयको संयुक्त पहलमा ऐलानी तथा पर्ति जग्गामा बसेका अव्यवस्थित बसोवासीको लगत सङ्कलन कार्य भइरहँदा भने धनीपुर्जा पाउने आशामा रहेको चौधरीले बताएका छन् ।

अर्का स्थानीयवासी मीनबहादुर कुँवर अहिले स्थानीय सरकारलाई अधिकार दिइएकोे अवस्थामा दशकौँदेखि ऐलानी जग्गामा बसोवास गरेका परिवारमा आफ्नो भोगचलनको आधारमा जग्गाको धनीपुर्जा पाउने विश्वास जागेको बताउँछन् ।

“सहरी क्षेत्रमा रहेका नगर विकास समितिले अहिलेसम्म बजार आसपासको ऐलानी जग्गा दर्ता गर्ने गरेर कमाइ गर्ने माध्यम मात्र बनाए”, उनले भने, “सहरी क्षेत्रकै ग्रामीण वडालगायतका बस्तीमा पुर्जा दिने पहल नहुँदा बसोवास गर्दै आएकाहरु जग्गा दर्ता हुनबाट वञ्चित हुनुपरेको अवस्था छ ।”

बाइस वर्षअघि धनगढीको फूलबारीमा एक कट्ठा ऐलानी जग्गामा बसोबास गरिरहनु भएका फूलराम चौधरीको जग्गा अर्कै व्यक्तिको नाममा परेपछि उनी अन्योलमा छन् । तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको टोलीले फूलरामले खरिद गरेर भोगचलन गर्दै आएको जग्गा कित्ताकाट गरेर अर्कै व्यक्तिको नाममा परेको जानकारी भएपछि उनी अहिले अन्योलमा परेका हुन् ।

वास्तविक भूमिहीनलाई जग्गा खोजेर बसोबास गराउने र ऐलानी तथा पर्ति जग्गामा बसेकालाई उनीहरुले चर्चेको जग्गाको पुर्जा दिन सकेमा मात्र घरघरमा सिंहदरबार आएको अनुभूति हुने कतिपयको भनाइ छ । ऐलानी जग्गामा वर्षौदेखि बसोवास गरिरहेकाहरु जग्गा दर्ता हुनेमा खुशी देखिए पनि दर्ता गर्दा लिइने राजश्व रकम कसरी जुटाउने भन्ने चिन्तामा छन् । जग्गाको मूल्याङ्कनका आधारमा राजश्व रकम लिने मापदण्ड बनाइएको छ ।

“मूल्याङ्कनको आठ देखि २०० प्रतिशतसम्म राजश्व रकम लिएर जग्गा दर्ता गरिदिने कुरा सुुनिएको छ”, स्थानीय रामबहादुर चौधरीले भने, “यति धेरै राजश्व रकम जुटाउन नसक्ने ग्रामीण बस्तीका बासिन्दाले चिन्ता व्यक्त गरिरहेका छन् ।” गरिबीका कारण नम्बरी जग्गा खरिद गर्न नसकेर ऐलानीमा बस्दै आएकालाई पुर्जा दिने नाममा आयोगले कमाउने माध्यम बनाउन नहुने चौधरी बताउँछन् ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि रातो रङ्गको र अव्यवस्थित बसोवासीका लागि सेतो रङ्गको फाराम भर्न लगाएर लगत सङ्कलनको काम भइरहेको छ । लगत सङ्कलन गर्न उपमहानगरपालिकामा स्थापना भएको एकाइ कार्यालयका प्रमुख बागेश्वरदत्त ओझाले ३५दिने सूचना प्रकाशित गरी लगत सङ्कलन कार्य भइरहेको बताए ।

“बनाइएको कार्यविधिअनुसार आउने असार महिनाभित्रै नापनक्सा गरिसक्नु पर्ने भन्ने छ”, ओझाले भने, “लगत सङ्कलन र नापनक्सा भइसकेपछि यसको प्रविष्टि तयार पारेर केन्द्रमा पठाउन भनिएको छ ।” आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पालिकाहरुसँग सम्झौता गरिरहेको जनाइएको छ ।

स्थानीय पालिकाका प्रमुखको संयोजकत्वमा एक सहजीकरण समिति गठनको व्यवस्था गरिएको छ । कैलालीमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासी ठूलो सङ्ख्यामा छन् ।

ऐलानी जग्गामा बसेको दशकौँ भए पनि उसको नाममा जग्गा दर्ता हुन सकेको छैन । यस्तो जग्गामा बसोबास गर्ने परिवारलाई बिजुली, पानी, सडकलगायतको सेवा सुविधा भने सरकारी निकायबाट उपलब्ध भइरहेको छ । रासस

शनिबार, माघ २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.