• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

ह्याकरलाई साइबर सुरक्षामा खटाउन नेपालबाट सार्वजनिक भयो ‘बगभी’

काठमाडौं, १५ पुस/ नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म ‘बगभी’ सार्वजनिक भएको छ । साइनिकल टेक्नोलोजीले साइबर सुरक्षा सेवा सस्तो र सर्वसुलभ बनाउने उद्देश्यका साथ नेपालमै पहिलो पटक यस्तो प्लेटफर्म ल्याएको हो ।

यससँगै अब विश्वभरका एथिकल ह्याकर तथा राइबर सुरक्षा अनुसन्धानकर्ताले बगभीमार्फत विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको जोखिम पत्ता लगाउन र त्यस वापत रिवार्ड प्राप्त गर्न सक्ने भएका छन् । कम्पनीहरुले आफ्नो सफ्टवेयर सिस्टमको टेस्टिङका लागि नभएर बगलाई मात्र पैसा भुक्तानी गर्नुपर्ने भएकाले सेवा सस्तो मूल्यमै उपलब्ध हुने साइनिकल टेक्नोलोजीका संस्थापक नरेश लाम्गादेले बताए ।

यसलाई ग्लोबल प्रडक्ट बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको उनको भनाई छ । ‘कुनै प्लेटफर्ममा बग फेला पारेको खण्डमा एथिकल ह्याकरले बगभीमार्फत रिपोर्ट गर्न सक्छन्,’ नयाँ प्लेटफर्मको बारेमा जानकारी दिँदै उनले भने, ‘बगको आधारमा त्यस्ता ह्याकरलाई हामीले निश्चित रकम सहितको रिवार्ड उपलब्ध गराउँछौं ।’

बगभीले ईसेवा तथा फोन पेसँगको सहकार्यमा डिजिटल भुक्तानीको व्यवस्था मिलाएको छ । एथिकल ह्याकरका लागि बग पत्ता लगाउन हाल ईसेवा लगायतका विभिन्न छ कम्पनी बगभीमा सूचीकृत भइसकेका छन् ।

अबको केही दिनमा थप सूचीकृत कम्पनीको नाम समेत सार्वजनिक गरिने लाम्गादेको भनाई छ । उनका अनुसार सेवाग्राही कम्पनी तथा संघ(संस्थाहरूले आफ्नो प्रडक्ट तथा सफ्टवेयर सिस्टममा भेटिन सक्ने बगको स्वयम्‌ मूल्य निर्धारण गर्न सक्छन् ।

गत शुक्रबार मात्रै बगभीको प्लेटफर्ममाथि लाइभ ह्याकिङको कार्यक्रम आयोजना गरिएको थियो । जसमार्फत फेला परेका बग फिक्स गरेर चाँडै प्लेटफर्मलाई पब्लिकमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

साइबर सुरक्षाको आवश्यकता पर्ने सरकारी निकाय, कम्पनी, संघ(संस्थालाई पब्लिकसँगै प्राइभेट सेवा समेत उपलब्ध गराइनेछ । जसमा उनीहरुले बगभीमा रहेका निश्चित ह्याकरमार्फत आफ्नो सिस्टममा रहेको सुरक्षा कमजोरी खोज्ने काम गराउन सक्छन् ।

हाल बग फेला पारेको अवस्थामा सम्बन्धित कम्पनी तथा प्लेटफर्मसँग सञ्चार गर्ने उपयुक्त माध्यम नहुँदा डेटा ब्रिच तथा लिकका घटना भइरहेको उल्लेख गर्दै लाम्गादेले बगभी त्यसको समाधानमा समेत सहयोगी बन्ने आशा व्यक्त गरे ।

सेवाग्राही कम्पनी तथा संघ संस्थाहरुले बगभीमा सूचीकृत हुन निश्चित शुल्क तिर्नुपर्ने हुन्छ भने बग फेला पारेवापत एथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्तालाई आफूले निर्धारण गरेको बगको मूल्य समेत भुक्तानी गर्नुपर्ने हुन्छ ।

तर साइबर सुरक्षा अनुसन्धानकर्ताहरू भने विश्वभरबाट निस्शुल्क रुपमा बगभी प्लेटफर्ममा जोडिन सक्ने बताइएको छ । यसरी साइबर सुरक्षा कायम गराउन ह्याकरहरुले नेपालमै बग पत्ता लगाउने प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार, पुष १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.