धनगढी, १८ मंसिर/ काठमाडौँ बाट धनगढी आएको श्री एयरलाइन्सको ढोका नखुल्दा यात्रु भित्रै थुनिएका छन् ।
आज बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण जहाजको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएका हुन् ।
१० मिनेट पछि उनीहरूलाई सर्भिस ढोर बाट बाहिर निकालिएको धनगढी विमानस्थलका प्रमुख तेजबुढ थापाले बताए । विमानमा किन ढोका खुलेन भन्ने बारे अझै यकिन हुन नसकेको उनले बताए । यात्रु झरेपछि ढोका खुलेको थियो ।