• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोना भाईरसको महामारीमा पनि रोकिएन मानब बेचबिखन

साबित्री गिरी

बाँके जिल्लाका दुई जना बालिकालाई बिदाको मौका छोपी काठमाण्डौ स्थित एक होटलमा पु¥याईयो । रोजगार दिने बाहनामा घरमा कसैलाई नभन्नु भन्दै एक महिलाले काठमाण्डौ पुराएपछि घटना बाहिर आएको हो । अहिले यस घटनाको मुद्धा चलिरहेको भएतापनि होटल सञ्चालक महिला मात्र पक्राउ परेको अबस्था छ । घटनाका मूख्य योजनाकार महिला भने फरार छीन । अर्को घटना पनि बा“केमै घटेको छ ।

एक किशोरीलाई माया“को नाटक गरी भारतमा राम्रो काम लगाईदिन्छु भन्दै लैजाने क्रममा प्रहरीले शंका लागी सोधपूछ गर्दा २४ बर्षीय किशोरी बेचिन बाट जोगिन सकिन । तर घटनाका मूख्य योजनाकार ति किशोरीको साथमा नहुदाँ पक्राउ पर्न सकेनन । जमुनाहा“ नाकामा प्रहरीले सोधपुध गर्ने क्रममा यो घटना सार्बजनिक भएको हो । कोरोना भाईरसको महामारीको समयमा घटेका यी दुई वटा प्रतिनिधि मुलक घटना मात्र हुन ।

 

यो अबधिमा आन्तरिक रुपमा मानव बेचबिखन बढ्दै गएकोले मानव बेचबिखनको जालो निर्मूल पार्न चुनौति थपिएको मानव बेचबिखन बिरुद्ध क्रियाशिल संस्था माईती नेपाल नेपालगंजका प्रमूख केशब कोईरालाले बताउनुभयो । उहाँका अनूसार एक बर्षको अवधिमा जोखिम पूर्ण यात्रामा रहेका ५७७ जनालाई नेपाल भारत सिमाना जमुनाहा“ नाकाबाट उद्धार गरिएको छ ।

वैदेशिक रोजगार र शैक्षिक, झूठो विवाह, मनोरञ्जन, मानव अंग बेचबिखन, गर्भाशयको बेचबिखन जस्ता डरलाग्दा स्वरुपहरु पछिल्नो समयमा देखिन थालेका छन ।

यो बन्दा बन्दीको समयमा मात्र तिन जनालाई उद्धार गरिएको छ । खोज तलास तथा उद्धारका लागि परेका निवेदन मध्ये दुई बालिका र एक किशोरलाई उद्धार गरिएको हो । हाल सम्मको अवधिमा खोज तलास तथा उद्धारका लागि ३ दजर्न बढी निवेदन परेको माईती नेपाल नेपालगंजका प्रमूख कोईरालाले बताउनुभयो । बेचबिखनमा पारिएका महिला तथा बालबालिकाहरूको उमेर ७ देखि २४ वर्ष र औसत उमेर १६ वर्ष रहेको पाइएको छ ।

विगत २ वर्षमा १५००० भन्दा बढिको संख्यामा महिला तथा बालबालिकाको बेचविखन भएको छ । क्ष्ीइ को र्यापिड एसेसमेन्ट ९२००१० अनुसार प्रत्येक वर्ष १२००० महिला तथा बालबालिकाहरू बेचबिखनमा पारिन्छन। वैदेशिक रोजगार र शैक्षिक, झूठो विवाह, मनोरञ्जन, मानव अंग बेचबिखन, गर्भाशयको बेचबिखन जस्ता डरलाग्दा स्वरुपहरु पछिल्नो समयमा देखिन थालेका छन ।

मानव बेचविखन तथा ओसार पसार बिरुद्धको १४ औ राष्ट्रिय दिवस र अबको गन्तब्य रु
संयुक्त राष्ट्र संघका अनूसार दासता, बाध्यात्मक श्रम ९बधुवा मजदूरी वा ऋणी बनाइएको श्रम लगायत० र दासतापूर्ण व्यवहारका लागि कुनै पनि व्यक्तिलाई डर, धाक देखाइ, जालझेल गरी वा शक्ति,पदको दुरुपयोग गरी काममा लगाउनु,ओसारपसार गर्नु, एक ठाउबाट अर्को ठाउमा लैजानका लागि सहयोग गर्नु वा आश्रय दिनु वा अरुद्वारा त्यस्तो कामको निम्ती सहयोग प्राप्त गर्नु बेचबिखन हो ।

जनचेतनाको अभाव ,लैङ्गिक विभेद ,घरेलु हिंसा ,नेपाल र भारत बिचको खुल्ला सिमाना ,असुरक्षीत बसाई सराई ,अशिक्षा आदिका कारण मानव बेचबिखन भईरहेको छ । यस बर्षको मानव वेखिवन तथा ओसार पसार विरुद्धको १४ औ राष्ट्रिय दिवस २०७७ को नारा “मानव वेखिवन तथा ओसार पसको अन्त्यः सुसंस्कृत ,सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तब्य” भनेर राखिएको छ ।

साच्चिकै हामिले सोचे जस्तो बातावरण निर्माणका लागि के गर्न जरुरी छ भन्ने कुराको निक्र्योल अब गर्ने पर्ने हुन्छ । हामिले परिकल्पना गरेका सुसंस्कृत ,सभ्य समाज र सामाजिक रुपान्तरणलाई यसरी चर्चा गर्न सकिन्छ ।

सूसंस्कृत ,सभ्य समाज स् वास्तवमा, सूसंस्कृत र सभ्य समाज भनेको कुनै पनि सामाजिक विकृति नभएको र सबै मानिस चेतनशील भएको एवम् मर्यादित समाज हो । असभ्य समाजलाई सभ्य पार्नु नै आजको आवश्यकता र चुनौती हो । समाजमा रहेका आन्तरिक समस्या, हिंसा, चोरी, डकैती, दुष्कर्म, बलात्कारजस्ता कामलाई उन्मूलन गरी यसलाई निर्मूल पार्नु नै आजको आवश्यकता हो । नैतिक आचरण सुधार गरेपछि नै मानव बेचखिन जस्ता जघन्य अपराध कम हुदै जानेछन ।

सामाजिक रुपान्तरण स् सामाजिक रुपान्तरण सामाजिक विकासका लागि अपरिहार्य छ । यसले सामाजिक मूल्य मान्यता, चिन्तन, आचरण, प्रवृति, सामाजिक संरचना र सम्बन्धमा सामयिक परिवर्तन ल्याउँछ ।

यो परिबर्तनले मानिसलाई सामाजीक बनाउछ र मानव बेचबिखन जस्तो जघन्य अपराध गर्देन भन्ने मानसिकताले यस बर्षको दिवसमा यो शब्द अटाएको हुनुपर्छ । किनभने सामाजिक सोच, विचार, चिन्तन र व्यवहार गतिशील प्रक्रिया हो ।

लेखपढ गर्ने उमेरका धेरै बालबालिकाहरु कसैको घरमा घरेलु कामदार भएर कठोर श्रम गर्नुको साथै हारिरीक र मानसिक दवाबका सिकार भएका छन् ।

हाम्रो अबको अग्रगामी सोच सामाजिक रुपान्तरणका लागि हुनुपर्दछ । यसका लागि गैरसरकारी संस्था ,सञ्चार संस्था तथा नागरिक समाज बिच समन्वय हुुनुपर्छ । अन्त्यमा , ९आई ।एल ओ० को सन् २००१ को प्रतिवेदन अनुसार वर्सेनी १० देखि १२ हजार नेपाली बालबालिका तथा महिला हरुबेचबिखन हुदै आएका छन् ।

बेचबिखनको यस्तो कहाली लाग्दो यथार्थता एकातर्फ छ भने अर्को तर्फ हाम्रो घर परिवार र समाजमा बालबालिका तथा महिलाहरुले भोग्नु पर्ने असमानता, दुव्र्यवहार तथा होषणको स्थिती दयनिय छ।

हजारौ चेलिबेटिहरु पारिवारिक र सामाजिक हिंसाको शिकार भएर तथा घरपरिवार बाट तिरस्कृत भई बिचल्ली र विक्षिप्त परिस्थितीमा बांच्न बिवश छन् । साथै असंख्य बालबालिकाहरु डिकमा जोखिमपुर्ण जीवन बांच्न बाध्य भएका छन्। लेखपढ गर्ने उमेरका धेरै बालबालिकाहरु कसैको घरमा घरेलु कामदार भएर कठोर श्रम गर्नुको साथै हारिरीक र मानसिक दवाबका सिकार भएका छन् ।

लेख्ने पढ्ने त धेरै टाढाको कुरा, पेटभरि खाना र सामान्य औषधी उपचार गर्न समेत नपाएर कलिलो उमेरमा ज्यान गुमाउने बालबालिका हरुको संख्या पनि कम छैन । बालबालिका तथा महिलाहरु घर – घरमा हेपिएका, पिटिएका र पिल्सिएका छन् ।

उनीहरुको मन स्वाभिमान र सम्मानलाइै मिचिएको र कुल्चिएको छ । कथित सामाजिक तथा रीतिका नाममा महिलालाई बलि चढाउने चलन यद्यपी हाम्रो समाज भित्रै छ । जुन कोण बाट हेरे पनि बालबालिका तथा महिलाको अबस्था नाजुक छ ।

त्यसैले अब हामीले गर्ने जनचेतनाको कार्यक्रमको पनि स्तर बृद्धि गर्नुपर्छ । किनभने हामिले गरीरहेको प्रयास भन्दा एक चरण अगाडि बेचबिखन गर्ने गिरोह छ । किनभने आफन्तबाटै बेचिएर उद्धार गरी ल्याइएका मध्ये पनि अधिकांशले प्रहरीमा उजुरी दिन सक्दैनन्। यस्तो अवस्थामा कानुनी बाटा बुझाएर यस्ता घटना बाहिर ल्याउनु पर्छ ।

तसर्थ यस्ता घटना न्यूनीकरणको मुख्य उपाय भनेको जनचेतना नै हो। यस्ता विषयमा जनचेतना जगाउन स्थानीय स्तरमै तालिम सञ्चालन गर्ने र यस्ता तालिममा सहभागीहरूको सञ्जाल नै बनाएर एक ठाउबाट अर्को ठाउमा सूचना प्रवाह गर्न सकिन्छ। अबका दिनमा यो बर्षको नाराजस्तै सुसंस्कृत ,सभ्य समाज निर्माण गर्दा तिनै तहका सरकार लागी पर्नुपर्छ । अनि आम नागरिकहरुले पनि यो योजनामा साथ दिनुपर्छ ।

मानव बेचबिखन गर्ने दलालहरुलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुपर्छ । किनभने यो महामारीको बेला त्यस्ता गिरोहहरुले हाम्रै घरआँगनमा हाम्रै चेलीबेटिलाई मात्र होईन बालबालिकाई समेत बेचिरहेका छन । त्यसैले प्रत्येक ब्यत्ति तथा समूदायले सचेतता अपनाउन जरुरी छ ।

यतिमात्र होईन समाजमा ब्याप्त आर्थिक समस्यालाई हल गर्दे जानुपर्ने अर्को पाटो छ । यसतर्फ पनि ध्यान पुर्याउन नसक्ने हो भने जति नै योजना बनाए पनि सफल नहुने निश्चित छ । अब सबै पाटो केलाएर बृहत योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्छ ।

बुधबार, भदौ २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.