धनगढी, २० भदौ/ गायक तथा संगीतकार राजेन्द्र भट्ट मिस्टर आरजेको ‘मुना’ बोलको गीत युट्युब ट्रेन्डिङ’ को ६ नम्बरमा पुगेको छ । सार्वजनिक भएको २२ घण्टामै पाँच लाख २३ हजार बढि पटक हेरिएको छ । गीत एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
राज खुम्बु, सुजाता बर्माको स्वर रहेको छ भने गीतमा राजेन्द्रले ¥याप भरेका छन्। नवराज कलौनीको शव्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ।
गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तीमा खड्का र मोडल रियासा दाहालको अभिनय रहेको छ। गीतमा राजेन्द्र लगायत अन्य कलाकारलाई पनि देख्न सकिन्छ। गीत निकै राम्रो बनेको निर्माणपक्षको दावी छ।