धनगढी, १३ भदौ/ समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल ९अनलाइन० माध्यमबाट गर्नरगराउन नगरवासीमा आग्रह गरेको हो ।
एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) विधिबाट सोह्र श्राद्ध गर्न–गराउन आह्वान गरिन्छ,’ नगरपालिकाको सूचनामा भनिएको छ, ‘सोह्र श्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि आग्रह गर्दछौं ।’
नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा गर्न भनेको छ । सोह्र श्राद्ध यस वर्ष भदौ १७ गतेबाट शुरु हुँदैछ ।