असार २१
पछिल्लो समय बजारमा स्तरिय म्यूजिक एरेन्जर र भिडियो मिक्सीङ्गको प्रतिशपर्धा चलिरहेका बेला सुदुरपश्चिमाका चर्चित कलाकार तथा पहिलो म्यूजिक एरेन्जरको रुपमा चिनिएका भुवन बडुका छोरा जीवन बडु अहिले काठमाडाँैमा जमिरहेका छन् ।
लामो समय देखि आफुलाई गीत संगितको क्षेत्रमा समर्पित गर्दै आएका गायक संगितकार तथा बिग परिवेश स्टुडियो काठमाडौ र साखा कार्यालय भारतको मुम्बईका प्रबन्धक तथा सुदुरपश्चिमका पहिलो म्युजिक एरेन्जर भुवन बडुले पछिल्लो समयमा छोरालाई कला क्षेत्रमै लगाएका छन् ।
भुवनका छोरा जीवनले दर्जनौ गितहरुमा म्युजिक एरेन्ज गरिसकेका छन् । उनि एरेन्जमा मात्रै होइन अडियो मिक्सीङ्गमा मास्टरिङ्ग पनि उस्तै दख्खल राख्दछन् ।
पछिल्लो समयमा उनै जीवन बडुले म्युजिक एरेन्ज गरेको तिज गीत (घरको छतमा) सार्वजनिक भए सँगै ट्रेडिङमा परेको छ । बिग परिवेश रेकर्डिङ स्टुडियो काठमाडौ अनाम नगरमा रेकर्ड गरियको उक्त तिजको गीतले अहिले बजार तताएको छ ।
सानै उमेरमा म्युजिक एरेन्जमा, अडियो मिक्सिङ र मास्टरिङमा दख्खल राख्ने जीवन बडुको भविश्य आशा लाग्दो देखिएको छ ।
‘मैले यो संगित कर्ममा लाग्दा धेरै पिडा भोगेकोले त्यो पिडा देखेर छोराहरु यो क्षत्रमा नलागुन भन्ने मेरो चाहाना थियो तर छोरोहरुको रुचिको क्षेत्र यहि भएको हुनाले मैले प्रेरणा दिएको हु ,‘गायक, संगितकार भुवन वडुले भने,’ ‘बाकि संगितकर्मको बाटोका सपनाहरु पुरा गर्नको निम्ति भए पनि सन्तानलाई यो बाटो त अब हिडाउनै प¥यो,।’
भरखरै सार्वजनिक भए सङै ट्रेडिङमा परेको (घरको छतमा) तिज गितमा, मनिश श्रेष्ठ, एलिना चौहानको स्वार रहेको छ भने र्यापमा जगत तिरुवा, रहेका छन् । उक्त तिज गीत बुडा बुब्बा डिजिटलको युटुव च्यानल मार्फत सार्बजनिक भएको छ ।