धनगढी, १० जेठ- धनगढीमा विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभी लाईनमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको हो । बिद्युत अबरुद्ध भएपछि धनगढीबासी समस्यामा परेका छन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को बोराडाँडी चोकमा ३३ केभी लाईनमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले उनले मर्मत जारी रहेको र ७ बजेभित्र विद्युत सेवा सुचारु हुने बताए ।
‘दिनभर बिद्युत नुहदा निकै समस्यामा परेका छौ’ धनगढीका जगदिश पन्तले भने–‘गर्मी संगै बिद्युत नुहदा दिनै काट्न समस्या भयो ।’