धनगढी, ९ चैत । विश्वव्यापी कोभिड–१९ (कोरोना) को त्रास बढेपनि नेपालको ग्रामिण क्षेत्रका बासिन्दाहरु बेवास्ता गर्दै हिडिरहेका छन् । कोभिड–१९ (कोरोना) भाईरस नेपाल भित्रन नदिन सरकारले थुपै्र निर्णय गरेपनि भारतसंग जोडिएका खुल्ला नाकामा ओहोर दोहोर गर्नेको संख्यामा कुनै कमि देखिएको छैन ।
सरकारले कार्यालयहरू बन्द गर्ने तयारीमा जुटेको छ । अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् कैलालीको त्रिनगर भन्सार बाहेक सबै नाकाहरु बन्द गरेको घोषणा समेत भईसकेको छ । तर कैलालीको भजनी नगरपालिका अन्तर्गत गुलरिया घाट र मरिया घाटबाट ओहोरदोहो गर्नेको संख्यामा कमी नभएको बताउछन् भजनी नगरपालिकाका स्वास्थ्य अधिकृत कृतिसिंह विक । उनले भने ‘सरकारको निर्देशनअनुसार मरिया घाट बन्द गरेको घोषणा भएपनि मान्छेहरुको आवत जावतमा रोक लगाउन नसकेपछि पुनः हेल्प डेक्स राखेका हौं ।’ उनले मरिया घाटबाट दिनहु १२० देखि १४० जना सम्मा र गुलरिया घाटबाट लगभग २०० देखि ४०० जना भारतको बन्दीपुर, बेलराँया, टिकुनिया लगायत बजारहरुबाट घरयासी सामान किनमेल गर्न ओहरदोहर गरिरहेको बताए ।
अधिकृत विकले भने ‘हाम्रो काम चेक जाँच गर्ने हो । ओहरदोहर गर्नेहरुलाई कोरोनाबारे जानकारी दिने उनीहरुलाई काउन्सिलिंग गर्ने गरेका छौं । हामी सुरक्षित हुनकोलागि सम्पूर्ण नाका, घाटहरुलाई पूर्णरुपमा बन्द गर्नुपर्छ, सरकारले प्रशासनलाई कडाई गर्न निर्देशन दिनु पर्यो ।’
गाउँका मान्छे सामान्य सामान पनि किलमेल गर्न इन्डिया गईरहेको बताउदै उनले भने ‘१ केजी चिनी, २ केजी आलु, खुर्सानी, मोटरसाईकल सर्भि्सिंग जस्ता कामले ओहरदोहर भईरहेका छन् ।’ जुन सामान नेपालमै पाईरहेको छ, इन्डिया जान पूर्णरुपले रोक लगाउन सरकार गम्भिर हुन जरुरी रहेको विकले बताए ।
त्यस्तै गुलरिया घाटमा खटिएका स्वास्थ्यकर्मी छत्रबहादुर बुढाले इन्डिया ओहरदोहर गर्नेहरुलाई काउन्सिलिंग गरिरहेको बताए । उनले भने ‘यहाँ आउने धेरैलाई कोरनाबारे जानकारी छैन, हामी उहाँहरुलाई सम्झाई बुझाई गरि केही दिनभारत नजान आग्रह गरिरहेका छौं ।’
ओहरदोहर गर्नेहरुलाई सामान्य चेकजाँच गरिरहेको बताउदै उनले भने हामी आफै पनि जोखिममा छौं । उपकरण छन, ९५ मार्स छैन, यो चेक जाँचले कोरोना हो या होईन भन्ने कुरा पत्त लगाउन गाह्रो रहेको बुढाले बताए ।
उक्त घाट भएर जोशीपुर गाउँपालिका, भजनी नगरपालिकाका स्थानीयहरु नुन, तेल, खुर्सानी, लत्तकपडा, दाल, चिनी, मसला, सर्फ, साबुन इत्यादी किनमेल गर्न इन्डिया गईरहेका हुन्छन् । त्यसै गरि भारतिय नागरिकहरु पनि ब्रर्फ बेच्न, आलु, प्याज बेच्न नेपालई भित्रिने गरेका छन् ।
हसुलिया नाका पूर्णरुपले बन्द
कैलालीको हसुलिया नाका पूर्णपले बन्द भएको कैलारी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर सीमावर्ती भारतीय चन्दनचौकी बजारसंग जोडिएको सो नाका पूर्णरुपले बन्द गरिएको हो ।
यो नाकामा यसअघि छोटी भन्सार रहेको थियो । तत्कालीन द्वन्द्वको क्रममा विस्थापित भएको छोटी भन्सार पुनस्र्थापना हुन सकेको छैन । यो नाकाबाट पनि धेरैको आवतजावत हुने गरेको छ ।
कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका स्थानीय किनमेलका लागि यहि नाकाबाट भारतको चन्दनचौकी बजार पुग्ने गरेका छन् ।
कोरोना संक्रमणको जोखिम बढेपछि यो नाकामा किनमेलका लागि भारत जान पूर्ण रुपमा बन्द गरिएको तर भारतबाट फर्केका नेपालीहरुलाई भने चेक जाँच पश्चात काउन्सिलिंग गरेर भित्रियाउने गरेको अध्यक्ष चौधरीले बताए ।
उनले भने ‘हामीले उताबाट भारतीय नागरिकलाई पनि आउन दिएका छैनौं’, यो नाकाबाट जोडिएको बस्ती मिलनपुर÷विपतपुर मुक्त कमैया शिविर, भुईयाँफाँटा, रामपुर, मोहनपुर, शिवरत्नापुर, बड्का पलिया लगायत गाउँहरुमा भोलेन्टिएर टीम परिचालन गरेका छौं ।’
गाउँपालिकाले विपद् व्यवस्थापन समितिको बैठक बसेर विओपी, ईलाका प्रहरी कार्यालय, सीमा सुरक्षा बल, गाउँको भल्मन्सा, स्वयम सेविका, सम्बन्धित वडाका वडा सदस्यहरुलाई परिचालन गर्न कोरोना संक्रमण जोखिम विरुद्ध समिति गठन गरेको छ । उक्त नाकामा २४ औं घण्टा हेल्प डेक्स राख्े निर्णय गरेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
उनले परिचालन समितिले प्रभावकारीरुपले काम गरिरहेको छ, या छैन भन्ने कुरा चेक जाँचकोले गापा अध्यक्ष, इलाका प्रहरी इन्र्चाज, सीमा प्रहरी इन्र्चाज, विओपी इन्र्चाज, स्वास्थ्य चौकी इन्चार्ज र सम्बन्धित वडा अध्यक्षको टोलीलाई अनुगमनको लागि टीम गठन गरेको बताए ।