धनगढी, फागुन ७- सुदूरपश्चिमका चर्चित नायक ‘बोग्टानी किङ’को स्वरमा रहेको ‘सररर उड्यो रे चुनरिया..बोलको डिजेसङ बुधबारदेखि बजारमा आएको छ । ७० औँ प्रजातन्त्र दिवसको अवसर पारेर नायक बोग्टानी किङले बुधबार बेलुकी सिएस युटुव च्यानल मार्फत् गीतको भिडियो बाहिर ल्याएका हुन् ।
अविनाश थापाको शब्द र नरेश जोगीको लय रहेको गीतमा बोग्टानी किङले स्वर दिएका छन् । सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरीमा छायाङ्कन गरिएको गीतमा बोग्टानी किङ र प्रतिज्ञा पनेरुले अभिनय गरेका छन् ।
यसअघि बोग्टानी किङले एक महिनाकै अवधिमा दुई वटा डिजे सङ स्रोता तथा दर्शक सामु ल्याइसकेका छन् । ‘तेरी मेरी ब¥याँत बाजा बजन्ना’ र‘जता जान्छ यो बोगटानी उतै रमझम’ बोलको गीतमा स्वर दिएका बोग्टानी किङले सोही गीतमा अभिनय समेत गरिसकेका छन् ।
थुप्रै थारु तथा डेउडा र आधुनिक गीतमा अभिनय गरिसकेका बोग्टानी किङले यसअघि डोटेली चलचित्र सौराई र नन्दीमा नायकको भूमिकामा अभिनय गरिसकेका छन् ।
गीत हेर्न यो लिंक क्लिक गर्नुस् ।
https://www.youtube.com/watch?v=qDrsArHiWhg&feature=share&fbclid=IwAR1jtapnpFhaweBzLHCqXPhtbuRWLFY0zYzLFSeDxsbOdkIFZQmuXJ1LWmw