कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ जोनापुरमा अन्तरबिद्यालय प्रदेस स्तरीय छात्र फुटबल प्रतियोगिता हुने भएको छ । फुटबलको उर्बर भुमिका रुपमा परीचित जोनापुरमा फागुन ३ गते देखि १० गते सम्म प्रतियोगिताको आयोजना हुने आयोजक मदरल्याण्ड युथ क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
जोनापुर गाउको पहिचान, फुटबल बिकासको अभियान भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा कम्तिमा १६ बिद्यालयको सहभागिता हुने आयोजक क्लबका अध्यक्ष श्रबण चौधरीले जानकारी दिनुभयो । उहाले बिद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गर्न लागिएको पनि जानकारी दिनुभयो । यस अघि क्लब स्तरीय प्रतियोगिता गर्दै आएको आयोजक क्लबले यस बर्ष बिद्यालय स्तरीय प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा सदुरपश्चिम प्रदेसका सबै जिल्लाका बिद्यालयको सहभागिता गराउने प्रयास रहेको प्रतियोगिताका संयोजक गोपाल चौधरीले बताउनुभयो ।
झण्डै २ लाख नगद धनराषि रहेको प्रतियोगिताको बिजेताले १ लाख पुरस्कार पाउने छ भने उपबिजिेताले ५० हजार पुरस्कार पाउने छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने अन्य दुइ टोलिलाइ पनि १०÷१० हजार पुरस्कार दिइने क्लबका उपाअध्यक्ष बुद्धिराम चौधरीले बताउनुभयो । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट रक्षक र उदयमान खेलाडीलाइ एक एक हजार पुरुस्कार दिइने पनि उहाले बताउनुभयो ।
