धनगढी, २८ फागुन- सुदूरपश्चिमलाई आफ्नो अदभूत प्रतिभाबाट देश तथा विदेशमा चिनाउने ६ जना आफ्ना विद्यार्थीलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले “प्रतिभा सम्मान २०७६” बाट सम्मानित गरेको छ ।
एकेडेमीको एक्काइसौं वार्षिकोत्सव समारोहमा सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा ५ जना खेलकूद क्षेत्रसँग सम्बन्धित छन् भने एकजना सांगितिक क्षेत्रका प्रतिभा छन् । १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिममा परी अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट पर्दशन गरेका लक्ष्मी साउँद, यशोदा विष्ट र ईश्वरी विष्टलाई सम्मान गरिएको छ । १९ बर्ष मुनी हुदै सिनियर राष्ट्रिय टिममा९१८ जना भित्र० स्थान बनाउन सफल लोकेश वम र मलेसियामा सम्पन्न वल्र्ड कराँते च्याम्पेयनसीपमा रजत पदक विजेता कमल ओलीलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
नेपाल आइडलको सिजन थ्री मा उत्कृष्ट ११ स्थानमा पुग्न सफल कमल सोवलाई पनि मन्त्री बोहराले सम्मान गरेका छन् । विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई उजागर गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन एसपिएले भूमिका निर्वाह गरिरहेको प्रबन्ध निर्देशक सुवाश बी शाहीले बताए । सम्मानित प्रतिभाहरुले पनि एकेडेमीले गरेको सम्मानबाट हौसला र प्रेरणा मिल्नुका साथै अझै राम्रो काम गर्न जिम्मेवारी बढेको महसुस भएको प्रतिकृया दिए ।