धनगढी, २८ माघ- कञ्चनपुरको पुनर्वास नगरपालिका ४ जनकबस्तीमा फागुन १ गते देखी ७ गते सम्म श्रीमद्भागवत् जान महायज्ञ हुने भएको छ ।
शविदुर्गा मन्दिर जनकबस्तीको आयोजनामा हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक समितिका संयोजक छविलाल थानियाले जानकारी दिए । शविदुर्गा मन्दिरको सर्वाङ्गीण विकासार्थ आयोजित महायज्ञ परिसरमा पण्डाल, बाध्यबाधन र सरसफाई सबै पुरा भैसको आयोजकले सुदूरुपत्र अनलाईनलाई जानकारी दिए ।
विश्वशान्ति, जलवायु परिवर्तन तथा अष्ट्रेलियामा आगलागीबाट जलेर मरेका जिवजन्तुको शान्तिको कामनाको उदेश्य रहेको श्रीमद्भागवत् जान महायज्ञका प्रचारप्रसार संयोजक तारा गरीले बताए । श्रीमद्भागवत् जान महायज्ञमा मुख्य बाचक प्रमोदप्रशाद पौडेल रहेका छन् ।
