सुदुरपश्चिम प्रदेश का ९ जिल्लाका २९ स्थानिय तहहरुमा कार्यान्वयन हुदै
सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ कार्यान्वयन गर्न लागेको छ ।
चालु वर्षमा नमूनाका रुपमा यो कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयमार्फत कार्यान्वयन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सबै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेर कार्यक्रम सञ्चालनको प्रक्रियामा गएको मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा चेतराज जोशीले बताए ।
स्वास्थ्य संस्थासम्म पुगेर आफ्नो स्वास्थ्योपचार गर्न नसक्ने ज्येष्ठ नगारिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी यो कार्यक्रम कार्यान्वयन हुन लागेको हो ।“ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुकै घरदैलोमा पुगेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन यो कार्यक्रम सञ्चालन गर्न लागिएको छ”, डा जोशीले भने, “टाउको दुख्ने, रक्तचापजस्ता समस्याबाट पीडितको उपचार गर्ने व्यवस्था गर्न लागिएको छ ।”
यो कार्यक्रम कार्यान्वयन भए सँगै ज्येष्ठ नागरीक हरु ,अशक्त व्यक्तिहरु ,मातृ तथा बाल स्वास्थ मा सुधार आउने अपेक्षा गरीएको छ ।
यसका लागि सबै जिल्लामा आवश्यक पर्ने स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासमेत शुरु भइसकेको बताइएको छ ।
यस वर्ष नमूनाका रुपमा सञ्चालन हुन लागेको यो कार्यक्रमको प्रभाव सकारात्मक देखिएमा अर्को वर्ष बृहत् रुपमा गर्ने योजना सामाजिक विकास मन्त्रालयको छ ।
यसका लागि चालु वर्षमा रु ३० लाख बजेट विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको जनसङ्ख्याका आधारमा छनोट भएका २९ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । यो कार्यक्रम सामाजिक बिकास मन्त्रालय, स्वास्थ निर्देशनालय ,स्वास्थ तालिम केन्द्र ,प्रदेश सरकार अन्र्तगतका अस्पतालहरु स्वास्थ कार्यालय ले कार्यान्वयन गर्ने जनाएको छ ।
यस कार्यक्रम सञ्चालन गर्न छनोटमा नपरेका अन्य स्थानीय तहमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको छ ।यसबाहेक आयुर्वेद चिकित्सा पद्धतिको उपयोग गराउनका लागि सुदूरपश्चिम आरोग्य कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको छ । यसका लागि चालु वर्षमा रु ५० लाख बजेट विनियोजन भएको छ ।

यस कार्यक्रम अन्र्तगत प्रदेशसरकार मातहत रहेका सम्पुर्ण अस्पताल हरुमा ज्येष्ठ नागरीक उपचार बिशेष अन्तंरग वार्ड (जेरीयाटी«क वार्ड¬) स्थापना गरी संचालनमा ल्याइने छ । यस कार्यक्रमअन्तर्गत योग, ध्यान, जीवनशैली, परामर्शजस्ता स्वास्थ्यसम्बन्धी गतिविधि,स्वास्थकर्मिको लागि क्षमता अभिबृद्घी कार्यक्रम , जिल्ला भर संचालित हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, जेष्ठ नागरीक क्लब एवं जेष्ठ नागरीक संरक्षण सम्बन्धी काम गने संस्थामा नियमित चेकजाँच स्वास्थ चेकजाच कार्यक्रम,ज्येष्ठ नागरीक लक्षित बिशेषज्ञ स्वास्थ शिविर संचालन (मोति बिन्दुसर्जरी सोध भर्नासहित), प्रादेशिक स्तरको ज्येष्ठ नागरीक स्वास्थ कार्यक्रम सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी जस्ता कार्यक्रम गर्न लागिएको छ ।
नेपालको संविधानको भाग ३ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने उल्लेख छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ मा नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्योपचारका लागि अस्पतालसम्म पहुँच पुर्याउनका लागि रहेका अवरोध हटाउन आवश्यक व्यवस्था गरिने उल्लेख छ ।यो कार्यक्रम प्रदेश मातहत रहेका महाकालि अस्पताल, सेति अस्पताल र टिकापुर अस्पताल सबै जिल्ला अस्पतालमा कार्यान्वयन हुनेछ ।
तराईको हकमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकासहित टीकापुर, लम्कीचुहा र गोदावरी नगरपालिका, कञ्चनपुर जिल्लाको भीमदत्तनगर, कृष्णपुर, बेदकोट र पुनर्वास नगरपालिका यो कार्यक्रम कार्यान्वयनका लागि छनोटमा परेका छन् ।
पहाडका सात जिल्लाको हकमा भने विभिन्न २१ वटा स्थानीय तह छनोट गरिएको छ ।
