सुदूरपश्चिम प्रदेश सरकारलको नेपाल भ्रमण बर्ष २०२० मा ३ देखी ५ लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको भएपनि कति प्रर्यटन भित्रिए भनेर तथ्याङ राख्ने संयन्त्र भने अझै बनाएको छैन । भ्रमण बर्षको भव्य उद्घाटन गरेर भारत लगायत तेस्रो मुलुकबाट प्रयर्टन भित्र्याउने भनिएपनि कति पर्यटन भित्रीए भन्ने जानकारी राख्ने संयन्त्र नहुँदा अहिले सम्म कति प्रर्यटक भित्रीए भन्ने कुराको एकिन तथ्याङ्क छैन ।
उद्योग प्रर्यटन वन तथा वातावरण मन्त्रालयको पर्यटन शाखाका प्रमुख भोज राज पाठकले भ्रमण बर्षमा कति प्रयटन भित्रीए भनेर तथ्याङ्क राख्नको लागि छुट्टै संयन्त्र नभएको बताए । उनले अहिले होटलहरुसंग संमन्वय गरेर कति प्रयटन भित्रीए भनेर मासिक तथ्याङ्क लिने गरी काम अगाडी बढेको बताए ।
अहिले स्थानिय तह र प्रदेश सरकार बिचको समन्वय अभावका कारण प्रयर्टन प्रवर्धनका कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै शाखाका प्रमुख पाठकले कन्चनपुरमा भने भ्रमर्ण बर्षलाई लक्षित गरी धेरै काम भएको बताए । उनले प्रदेश सरकारले प्रर्यटन प्रवर्धनका लागि ४५ लाख बजेट बिनियोजन गरेको बताए । उनले प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा ३५ सदस्यीय प्रर्यटन प्रबर्धन समिति गठन भएको र उक्त समितीले नै कार्ययोजना बनाईरहेको जानकारी दिए ।
प्रदेश सरकारले ठोस रुपमा भ्रमण बर्षको लागी बर्ष भरी के के गर्ने भन्ने पनि योजना बनाएको छैन । कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र बैतडीको झुलाघाटलाई प्रदेशमा पर्यटक भित्रिने मुख्य सडक नाकाको रुपमा लिईएको छ । यस्तै कैलालीको गेटा बिमानस्थल , बाजुराको कोल्टी र अछामको साँफेवगर बिमानस्थल हाल सञ्चालनमा रहेका छन् । त्यसो त कैलालीको खक्रौला, शत्ति, कञ्चनपुरको पुनर्बास, दार्चुलाको धार्चुला लगायतका नाकाहरुबाट पनि पर्यटक भित्रिने सम्भावना रहेको छ ।
ट्राफिक प्रहरी को तथ्याङ
यता सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले भने सीमा क्षेत्रबाट आउने सवारी साधन र पर्यटकहरुको तथ्याङ्क राख्ने गरेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार भ्रमण बर्ष २०२० सुरु भएयता मंगलबार सम्म १ हजार २ सय ३५ सवारी साधनबाट ५ हजार ४ सय २९ पर्यटन नेपाल भित्रीएका छन । भ्रमण बर्ष २०२० सुरु भएयता एक साताको अवधिमा त्रीनगर नाकाबाट ३ हजार ३९, टिकापुर नाकाबाट ७ सय १९ र गड्डाचौकी नाकाबाट १ हजार ६ सय ७१ पर्यटन भित्रीएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख लोकेन्द्र श्रेष्टले बताए ।