धनगढी, २३ पुस- धनगढीमा कार दुर्घटना हुँदा एक जना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १५ मा बा २० च ४७२८ नम्वरको कार दुर्घटना हुँदा एक जना घाईते भएका हुन्। भर्खरै दुर्घटनास्थलमा प्रहरी पुगेको छ। घाईतेको नाम खुलेको छैन्।
घाईतेलाई उपचारका लागि धनगढी ल्याईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार कार आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।



