अत्तरिया २६ मंसिर – कैलालीको अत्तरियामा ७ किलो चरेश सहित चारजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका २ मा कोठामा लुकाएर राखेको अवस्थामा ७ किलो चरेश सहित चार जनालाई प्रहरीले विहिबार पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले चरेश सहित चार जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टले दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ घर भई गोदावरी २ मा डेरा गरी बस्दै आएका जसमल सिह ठगुन्नाको कोठाबाट चरेश सहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
अन्य पक्राउ पर्नेमा मार्मा गाउँपालिका १ का वकिल सिह ठगुन्ना, जीवन पहि ठगुन्ना र अपीहिमाल गाउँपालिकाका हिक्मत सिह धामी रहेको प्रहरी नायब उपरिक्षक विष्टले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ ।
