काठमाडौं– मानव विकास सूचकांकमा नेपालको स्तर खस्किएको छ। गत वर्षको तुलनामा यस वर्ष (सन् २०१९) मा नेपालको स्तर ३२ अंकले खस्किएको हो।
गत वर्ष ११५ औं स्थामा रहेको नेपाल यस वर्ष १४७ औं स्थानमा झरेको छ। नेपालसँगै केन्या १४६ औं स्थानमा छ। मानव विकास सूचकांकको पहिलो नम्बरमा भने नर्वे रहेको छ। त्यसैगरी दोस्रोमा स्वीट्जरल्याण्ड, तेस्रोमा आयरल्याण्ड छन्।
सूचकांकको अन्तिममा नाइजेरिया छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। यूएनडीपीले लैंगिक समानता, बहुआयामिक गरिबी आदिका आधारमा मानव विकास सूचकांक निर्धारण गर्छ।
