• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आजको पत्रपत्रिका : महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार

आजको पत्रपत्रिकामा साग खेलमा गौरिकाले चार स्वर्ण पदक पाएको समाचार सबैजसो पत्रिकाले प्राथमिकताका साथ छापेका छन् । त्यस्तै राजनीतिक घटनाक्रमको विषयलाई पत्रपत्रिकाले प्रमुख समाचार बनाएका छन् । कान्तिपुर दैनिकले नेकपामा आ–आफ्नै मोर्चा भएको समाचार लेखेको छ ।

कान्तिपुर लेख्छ– पार्टी एकीकरणको डेढ वर्षसम्म अलमलजस्तो थियो, अब मलाई कार्यकारी अध्यक्ष भएको फिलिङ आएको छ, गत मंसिर ४ गते पार्टीको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालले कान्तिपुरसँग भनेका थिए, ओलीजीले पार्टी अध्यक्षको हैसियतमा जे गर्नुभएको थियो, त्यो मैले गर्ने हो । त्यसयता दाहालको अध्यक्ष हैसियतको सक्रियता बढ्यो । विमारले शिथिल भएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर फर्किए ।

त्यसपछि दुईदिनसम्म बालुवाटारमै आराम गरेर उनी विस्तारै राजकीय काममा जोडिन थालेका छन् । सोमबारबाट भने ओली र दाहालले करिब एक महिनाअघि भएको नयाँ सहमतिअनुसार आ–आफ्नो मोर्चाको जिम्मेवारी सम्हालेको स्पष्ट दृश्य देखिएको छ । कान्तिपुरमै गौरिका गौरव शिर्षकमा प्रमुख समाचार छ । गुवाहाटीमा तीन वर्षअघि १२ औं सागमा एक रजत र तीन कास्य पदक जित्दा गौरिका सिंह आफै चकित परेकी थिइन् । १३ औं वर्षको छँदै उनले पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो खेलाडी हुने सोचेकी थिइनन् । त्यहाँ बोनसको रुपमा चार पदक जितेपछि उनले सपना बुनेकी थिइन्, सागमा स्वर्ण चुम्ने । त्यो सपना उनले स्वदेशमै आएर १३ औं संस्करणमा पूरा गरिन् । त्यो पनि एउटा होइन, चारवटा स्वर्ण जितेर । कान्तिपुरमा नै संसद्भित्रै यौनहिंसा भयो’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ रु टाँसिइरहनुपर्छ रु,’ उनले भनिन् । पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् ।

अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’ अन्नपूर्णले नेकपा जुर्मुरायो बल्ल शिर्षकमा समाचार लेखेको छ ।

अन्नपूर्ण लेख्छ– नेकपा स्थायी समितिको बैठक पोहोर मंसिर २९ गते बसेको थियो। बीचमा बस्न सकेन। संयोगवश ठीक १ वर्षमा बस्दैछ मंसिर २९ गते नै। अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि पार्टीको संगठनात्मक सक्रियता बढेको छ। सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्नेदेखि लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ। त्यस्तै अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थरजस्ता कार्य तत्काल हुने भएका छन्। अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो। यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो। पार्टी विधानअनुसारका नियमित बैठकसमेत एक वर्षयता बस्न सकेको थिएन। पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष दाहालको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले लिएका निर्णयबाट अब पार्टी सञ्चालनका अवरुद्ध यी सबै प्रक्रिया अगाडि जाने प्रतिक्रिया नेताहरुले दिएका छन्। मंसिर २९ मा सुरु हुने स्थायी समिति बैठक दुई दिनभित्र टुंग्याउने र लगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ। सोहीअनुसार स्थायी समिति बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। स्थायी समिति बैठकअगाडि मंसिर २७ मा सचिवालय बैठक बस्नेछ।

नयाँ पत्रिका दैनिकले चार वर्षअघिसम्म नेपाल एयरलायन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायुसेवा निगमका लागि अर्घेलो भएको समाचार लेखेको छ । नयाँ पत्रिका लेख्छ– नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ ।

एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो । १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो । ३२ वर्ष पुरानो बोइङ ‘गण्डकी’ बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्यांकन गराएका थिए । फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर ९७३ करोड रुपैयाँ० राख्न सिफारिस गरेका थिए । उनीहरूले ५२ लाख ९६ हजार डलर ९६० करोड ३७ लाख रुपैयाँ०भन्दा कममा बेच्नै नहुने सिफारिस गरेका थिए ।

यो सिफारिस आएको एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो । र, बोइङ बिक्रीका लागि गत ११ असारमा निगमले ४५ दिने सूचना जारी गर्‍यो । निगमले सूचना निकाल्दा बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर ९करिब ८८ करोड० निर्धारण गरेको थियो । तर, आवेदन नपरेको भन्दै निगमले चार महिनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गर्‍यो । जसअनुसार बोइङको मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर ९४८ करोड ५० लाख रुपैयाँ० कायम भएको छ । तर, एकैपटक ४० करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको हो ।

‘स्विस कम्पनीले ७३ करोड रुपैयाँमा बिक्री गर भन्ने सुझाब दिएको हो । तर, उक्त मूल्यांकनअनुसार बिक्री हुने नदेखिएपछि मूल्य घटाउनुपरेको हो,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘मूल्य घटाउन सञ्चालक समितिमा प्रस्ताव लगेका हौँ । त्यही आधारमा मूल्य घटाउने निर्णय भएको हो । हाम्रै प्राविधिकले अध्ययन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो ।’ आधाजसो मूल्य घटाएर सूचना निकालेपछि बोइङ किन्न तीन कम्पनीले आवेदन दिएका छन् । अमेरिकी कम्पनीहरू एभियोन र एमके एभिएसन तथा पोल्यान्डको सिएस बिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङले निगमको बोइङ किन्ने इच्छा देखाएका छन् ।

त्यसो त निगमको कार्यकारी अध्यक्ष बनेर भित्रिएलगत्तै मदन खरेलले बोइङ उडाउने भन्दै मर्मतका लागि मलेसिया पठाएका पनि थिए । २८ अक्टोबर २०१८ मा पठाएको बोइङ मर्मत सकेर १६ जनवरी २०१९ मा काठमाडौं ल्याइएको थियो । मर्मतमा निगमले १० करोड खर्च गरेको थियो । तर, पाइलटको सीप परीक्षण प्रमाणपत्र ९पिपिसी०को म्याद सकिएको भन्दै उडान गरिएन । वर्षौंदेखि उही बोइङ उडाउँदै आएका निगमका पाइलटलाई एक साता तालिम दिएमा पिपिसीको म्याद थप्न सकिन्थ्यो । तर, निगम नेतृत्वले बोइङलाई जसरी पनि तह लगाउने रणनीति लिएकोले उडाउन पहल गरेन । तर, यसरी बेच्ने नै हो भने मर्मतका नाममा १० करोड खर्च किन गरियो रु प्रश्न अनुत्तरित छ । त्यसमाथि अहिले तोकिएको मूल्य पनि ४० करोड घटाएर बेच्न लागिएको छ ।

 

मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.