धनगढी,२० मंसिर
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हलो जोत्ने किसन सम्म अनुदान पुग्न नसकेको बताएका छन् । राष्ट्रिय कृषक समुह महासंघले शुक्रवार आयोजना गरेको जलबायु मैत्री कृषी नमुना सिकाई कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन ।
सरकारी निति नियम र झन्झटिलो प्रकृया पार गर्नु पर्ने भएकाले सामान्य किसानले अनुदान लगायत सरकारले उपलब्ध गर्ने सहयोग पाउन सकेका छैनन् नगरप्रमुख वडले भने, टाठाँबाँठाले मात्रै सेवा सुविधा लिन सकेका छन् । अनुदान लिनका लागि कृषी पेशा अपनाउने भन्दा कृषी पेशा गरेकालाई अनुदान दिनुपर्छ भन्ने मान्यता धनगढी उप–महानगरपालिकाको बताउदै नगरप्रमुख वडले भने, किसनाको खेतवारीमै पुगेर अनुदान दिनसकेपछि मात्रै बास्तविक किसानलाई राहत पुग्ने छ ।
कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवाले कृषीमा यान्त्रीकरण आवश्यक भएको बताए । कृषीमा सुधार ल्याउन नसकेसम्म समृद्ध नेपाल सुखी नेपालीको नारा नारामै सिमित हुने छ नगरप्रमुख देउवाले भने, यसका लागि योजनावद्ध रुपमा कृषी क्षेत्रमा यान्त्रीकरण, प्रविधी करण गरिनुपर्छ । नगरप्रमुख देउवाले अनुदानका लागि मात्रै कामगर्ने किसान, समुह वा फर्महरुलाई निरुत्साहित गर्नुपर्छ ।
