काठमाडौं ।
लखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृहमन्त्रालयमा तानिएका छन् । सेवाग्राहीसंग घुस प्रकरणमा मुछिएको समाचार बाहीरिएसंगै उनलाई गृह तानिएको हो ।
सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले तानेको हो ।
साथै, उनलाई दोलखाको प्रजिअ पदबाट आजैबाट हटाइएको पनि गृहमन्त्रालयका सहसचिव केदार शर्माले जानकारी दिए । मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानको सार्वजनिक मुद्दा मिलाउने भन्दै रिजालले आफ्नै निवासमा बोलाएर एक लाख रकम लिएको आरोप रिजालमाथि लागेको थियो ।
दोलखाका सिडिओमाथि पैसा लिएर मुद्दा मिलाएको आरोप प्रजिअ रिजालले कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङसँग पनि सार्वजनिक मुद्दा मिलाउने नाममा ३५ हजार घुस लिएको आरोप लागेको छ । प्रजिअ रिजालले भने आफूले बढी रकम नलिएको र फिर्ता पनि नगरेको जिकिर छन् ।