गगन अयडी
धनगढी २० मंसिर- बाजुरेली सेवा समाजले शुक्रबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘हाम्रो सांस्कृतिक हाम्रो पहिचान, एकजुट भई अघि बढाउने हाम्रो अभियान’भन्ने मुलनारा साथ रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।
धनगढीमा अभाव भइरहेको रगतलाई कमगर्न समाजले रक्तदान कार्यक्रम आयोजना गरेको समाजका स–सचिव तलकबहादुर शाहले जानकारी दिए ।
समाजले धनगढीमा विभिन्न सामाजिक कार्य गदैँ आएको छ । समाजका अध्यक्ष चेतबहादुर थापाको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष थापाले आगामि दिनहरुमा पनि यस प्रकारका सामाजिक कार्य तथा सुदूरपश्चिमको कला संस्कृति झल्कने कार्यक्रम आयोजना गर्ने बताए ।
बाजुरेले समाज धनगढीले आगामी दिनहरुमा पनि समाज सेवा लगाएत सुदुरपश्चिमका विभिन्न चाड पर्वमा धनगढीमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गदैँ आएको छ ।