धनगढी २० मंसिर-अत्तरिया सुदूरपश्चिम प्रदेश सरकार आयोजनामा प्रदेशका अस्थायी राजधानी धनगढीमा वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय सम्मेलनको आज एक कार्यक्रमका बिच नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट , प्रदेशका मन्त्रीहरु , वित्तीय संस्था, विकास साझेदार दातृ निकाय लगायतको सहभागिता छ ।
‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ प्रदेशमा वित्तीय पहुँचको सुनिश्चितता गर्ने उद्देश्यले आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो ।
प्रदेशलाई समृद्धिको बाटोमा लैजाने उद्देश्यले सरकारले वित्तीय सम्मेलन गर्न लागेको सुदूपश्चिम सरकारले जनाएको छ ।
वित्तीय पहुँचको सुनिश्चतता गर्ने, स – सानो बचत परिचालन मार्फत् पुँजी निर्माण गर्ने, प्रदेशवासीलाई आधुनिक बैंकिङ प्रणालीमा आबद्ध गर्ने र वित्तीय पहुँचका माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको मार्गमा अघि बढाउने सम्मेलनको उद्देश्य रहेको सरकारको भनाइ छ । सम्मेलनले सुदूरपश्चिमका स्थानीय तहहरूमा बैंकिङ सुविधा विस्तारमा मद्दत पुग्ने सरकारको अपेक्षा छ ।