धनगढी १९ मंसिर- कञ्चनपुरको कलुवापुर–बेलौरी सडक कालोपत्रे सुरु कञ्चनपुरको कलुवापुर–बेलौरी सडक अन्तरगत कलवापुरदेखि बन्शाह सम्म कालोपत्रे सुरु भएको छ। लामो समयदेखि अलपत्र परेको कलुवापुर बेलौरी सडक खण्ड अन्र्तगत बिहिबार पहिलो चरणको कालोपत्रेको कार्य अगाडी बढेको हो।
कञ्चनपुरको दक्षीणी क्षेत्रका स्थानीयको एक मात्र सडकका रुपमा रहेको उक्त सडक कालोपत्रे सुरु भएपछि स्थानीयमा खुसीयाली छाएको छ। कालोपत्रे सुरु गरेपछि २४ घण्टाका लागि आवतजावतमा समेत रोक लगाईएको छ।
यद्यपी उक्त सडकको काम बिहिबार बिहान भनिए पनी साझँ देखी मात्रै सुरु गरीएको हो। निर्माण कम्पनीले आज बिहान देखी नै कालोपत्रे सुरु गरीसक्ने बताएपनी प्राईमर फिजाउन बाँकि रहदा साझँ बाट मात्रै कालोपत्रे सुरु गरीएको जनाएको हो। सडक निर्माणको जिम्मा लिएको सन्तोषी क्षेगिम जेभिले बिहिबार साँझ ५ बजे देखी शुक्रबार साँझ ५ बजेसम्म निरन्तर कालोपत्रे गरीने जनाएको छ।
शुक्रबार साझँ ५ बजेसम्म उक्त सडक खण्ड अन्र्तगतका यातायातका साधनमा भने रोक लगाईएको बताईएको छ।