काठमाडौँ, : तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ
९तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराते प्रतियोगितामा स्वर्णपदक प्राप्त नेपाली खेलाडी ।
यस्तै भारत २३ स्वर्ण, १९ रजत र १२ कास्य गरी कुल ५४ पदकसहित दोस्रो स्थानमा छ । पाकिस्तान आठ स्वर्ण, १५ रजत र १३ कास्यसहित तेस्रो, श्रीलङ्का सात स्वर्ण, १८ रजत र ३२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, सात रजत र २४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ । नेपालले आज ट्रायथलन, तेक्वान्दो र करातेमा दुई÷दुई स्वर्ण पदक जितेको हो ।

स्वर्ण पदकपछि बंगलादेशी खेलाडी
९तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराँते प्रतियोगितामा स्वर्णपदक विजेता बंगलादेशकी अन्तरा हमैरा अख्तरलगायत टोली । (तस्वीर :रत्नश्रेष्ठ÷रासस)

साग पदक तालिका :
देश : स्वर्ण कास्य रजत जम्मा
नेपाल : २९ १४ १९ ६२
भारत : २३ १९ १२ ५४
पाकिस्तान : ८ १५ १३ ३६
श्रीलङ्का : ७ १८ ३२ ५७
बङ्गलादेश : ४ ७ २४ ३५
माल्दिभ्स : १ ० २ ३
भूटान : ० ० ३ ३
–––
