काठमाडौं । राष्ट्रिय गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखे पनि ति आयोजनाको प्रगति भने झनै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारले उच्च प्राथमिकतामा राखेका २१ आयोजनाको प्रगति साढे पाँच प्रतिशतमा सीमित देखिएको हो ।
राष्ट्रिय गौरव शीर्षकमा राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ भने कतिपय आयोजना भने चर्चामा रहे पनि प्रगति शून्यप्रायः छ । अघिल्लो आर्थिक वर्ष ९२०७४र०७५० मा यस्ता आयोजनाले विनियोजित रकमको ४९ प्रतिशत मात्रै खर्च गरेकोमा गत आर्थिक वर्षमा त्यो अबस्थामा सुधार हुँदै विनियोजित बजेटको ८९ प्रतिशत खर्च गरेका थिए ।
यसलाई आधार मान्दै सरकारले चालू आर्थिक बर्षको बजेटमा उच्च प्राथमिकताको सूचीमा सूचीकृत २१ मध्ये १८ आयोजनालाई १ खर्बभन्दा बढी रकम विनियोजन गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकासित छ।