मुम्बई ।
प्रियंका चोपडा र अमेरिकी गायक निक जोनले विवाह गरेको आज एक वर्ष पूरा भएको छ । पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् । खुसी मनाएका छन् ।
प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको तस्बिर पोष्ट गरेकी छन् । उक्त तस्बिर यो भन्दा अगाडी सार्वजनिक भएको थिएन । उनले पोष्टमा लेखेकी छन् –‘ ‘मेरो वचन।। त्यतिबेला।।आज।।।सधैंका लागि । तिमीले मलाई आनन्द, सन्तुलन, उत्साह, जोश।।।सबै कुरा एकैपटक दियौ । मलाई खोजेकोमा धन्यवाद । पहिलो वर्षगाँठको शुभकामना श्रीमान् । ’ प्रियंका चोपडालाई माराकेच इन्टरनेशनल फिल्म फेस्टिबलले उनको उपलब्धिलाई सम्मानित गर्ने घोषणा गरेका छ ।
यो सम्मान ऐतिहासिक स्थल जेमा एल फना स्क्वायरमा दिइनेछ । कुनै भारतीय सेलिब्रिटीलाई उक्त फेस्टिबलमा व्यक्तिगत रुपमा सम्मानित गरिएको यो पहिलो घटना हुनेछ ।
