काठमाडौं ।
हङकङबाट आएका दुई चिनियाँ नागरिक चेन होङयाङर चेन क्विनहाङ ८ केजी सुनसहित विहिबार राती त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ परे । जहाजबाट बाहिरिने क्रममा भन्सार र प्रहरीको टोलीले उनीहरुलाई पक्रिएको थियो ।
चीन फुजियान प्रान्तका दुबै जना भरिया रहेको प्रहरीको आशंका छ । शुक्रबार पनि तिब्बत एयरबाट आइपुगेका चिनियाँ नागरिक सा लुतुई एक किलोसुनसहित त्रिभूवन विमानस्थलबाट पक्राउ परेका छन् । गत साउन १९ गते हङकङबाटै आएका चिनियाँ नागरिक ली निङसिङ ४ केजी सुनसिहत विमानस्थलबाटै समातिए । उनी पनि तस्करको भरिया नै रहेको अनुसन्धानमा खुलेको छ ।
