धनगढी १४ मंसिर- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारी नुकुलिपुरका स्थानीयले मन्दिरलाई जग्गा दान गरेका छन् ।
नुकुलिपुरका घरभएका नेत्रप्रशाद ओलीले फुलबारी नुकुलिपुरमा दुई कट्ठा जमिन दान गरेका हुन् । २०५८ सालमा भुपु सैनिकले निर्माण गरेको पथिभरा दुर्गा मन्दीर अहिले संरक्षरणको अभाव भएपछि ओलीले आफ्नै जमिन दिएर मन्दिरको शिलान्यास समेत गरेका छन् ।
‘मन्दीर जिर्ण र अलपत्र अबस्थामा थियो’ नेत्रप्रशाद ओलीले भने–‘आफ्नै स्रोत साधन प्रयोग गरी मन्दिर निर्माण प्रकृया सुरु गरेको छु ।’
ओली धार्मीक बिधि प्रकृया अनुसार पुरानो स्थानबाट मन्दिर स्थानतरण गरी शिलान्यास गरेका छन् । मन्दिर निर्माणका लागि ओलीका छोरा नवीनले एक हजार ईटा, प्रेमले पाँच सय ईटा, खेमानन्द ओलीले पाँच सय ईटा, दुई ट्रली टुक्रा ईटा र एक ईटा सुदूर ईटा सहयोग गरेको ओलीले बताए । मन्दीर निर्माणका लागि सहयोग गर्न सबैलाई ओलीले आग्रह समेत गरेका छन् ।
